काँग्रेस संसदीय दल समितिको बैठक चार बजे देउवा निवासमा बस्ने

इनेप्लिज २०८० साउन २५ गते ८:५४ मा प्रकाशित

काठमाडौ, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । देउवाले आज अपरान्ह ४ बजे आफ्नो निवासमा बैठक बोलाएको हुन् ।

बैठकमा संसदमा जारी रहेको गतिरोधलगायत विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।

देउवाले समितिको बैठकमा उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् ।

प्रतिक्रिया