रोनाल्डोको पेनाल्टी गोलमा अल नासर अरब कपको फाइनलमा

इनेप्लिज २०८० साउन २५ गते २:२७ मा प्रकाशित

एजेन्सी, साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलमा इराकको अल शोर्तालाई १–० ले हराउँदै अल नासर फाइनलमा प्रवेश गरेको हो ।

अल नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । उनले खेलको ७५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

पेनाल्टी क्षेत्रभित्र साडियो मानेलाई लडाएपछि अल नासरले पेनाल्टी प्राप्त गरेको थियो ।

गएराति नै भएको दोस्रो सेमिफाइनलमा अल हिलालले अल शबाबलाई ३–१ ले हराउँदै फाइनलको यात्रा तय गर्‍यो । अरब कपको उपाधिका लागि अल हिलाल र नासरले शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

हालसम्म अल हिलालले दुई पटक यो प्रतियोगिताको उपाधि जितेको छ । अल नासरले भने अहिलेसम्म अरब कपको ट्रफी हात पार्न सकेको छैन ।

प्रतिक्रिया