स्व.मनोज कुमार यादव प्रति हार्दिक श्रद्धांजली

इनेप्लिज २०८० साउन २४ गते ११:१५ मा प्रकाशित

अमेरिकाको डल्लास,टेक्सासमा बस्दै आइरहनु भएका मनोज कुमार यादवको जुलाई २९ तारिख शनिबारका कार दुर्घटनामा परि दु:खद मृत्यु भएको छ। वहाँ नेपालको सम्सी गाउँ पालिका वार्ड न.५, संग्रामपुर , महोत्तरी जिल्ला निवासी हुनुहुन्थ्यो।

स्व. मनोज कु. यादवको परिवारको सल्लाह अनुसार उहाँको दाह-संस्कार टेक्सास डल्लासमै गरिने भएको छ।

शोकको यस दु:खद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरून् भनी इनेप्लिज परिवार
गहिरो समबेदना प्रकट गर्दछ।

प्रतिक्रिया