अमेरिकाको फ्लोरिडामा बिक्री भएको टिकटले १.५८ बिलियन डलरको मेगा मिलियन्स चिट्ठा जित्यो

इनेप्लिज २०८० साउन २४ गते १०:५२ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा राज्यमा बिक्री भएको टिकटले १.५८ बिलियन डलरको मेगा मिलियन्स चिट्ठा जितेको छ । फ्लोरिडामा बेचेको एउटा टिकटले मंगलबार राति अनुमानित १.५८ बिलियन मेगा मिलियन्स चिट्ठा जितेको र यो चिट्ठा इतिहासमा सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको चिट्ठा अधिकारिक मेगा मिलियन को संजालस्थल (वेबसाइट)मा जनाईएको छ ।

गत मंगलबार खोलिएको अंकहरुमा क्रमस १३,१९ ,२० ,३२ ,३३ र १४ अङ्क मुख्य गोल्ड मेगा अर्थात् (स्वर्ण मेगा भकुण्डो )रहेका थिए । फ्लोरिडा चिट्ठा व्यवस्थापनका अनुसार विजयी टिकट फ्लोरिडाको नेप्च्युन बीच(समुन्द्रतट )शहरको पब्लिक्स सुपरमार्केट( बिशाल बजार )मा बेचिएको थियो।

यो चिट्ठा सन् २०१८ मा साउथ क्यारोलाइनामा जितेको १. ५३७ बिलियन डलरको मेगा मिलियन्स डलरको किर्तिमान भन्दा बढी हुने चिट्ठा व्यवस्थापनले जनाएको छ ।

मंगलबारको विजयी टिकट धारकले २९ वर्षमा वार्षिक भुक्तानीहरू लिन सक्ने या नगद लिएमा कर सबै कटाएर ७८३ मिलियन डलर अनुमानित एकमुष्ट भुक्तानी प्राप्त गर्न सक्नेछन ।

अमेरिकी इतिहासमा सबैभन्दा ठूलो चिट्ठा गत वर्ष क्यालिफोर्नियामा २.०४ बिलियन डलरको पावरबल चिट्ठा कसैले प्राप्त गरेका थिए । फ्लोरिडा र नर्थ क्यारोलाइनामा बेचेका दुई टिकटहरूले पहिलो पाँच अङ्कहरू मिलाएर र मेगाप्लायर सहित गरेर २० लाख डलर अर्थात् २ मिलियन डलर जितेका छन् ।

मेगाप्लायर बिना पहिलो पाँच अङ्कहरू मिलाएर पाँच टिकटहरूले कम्तिमा १० लाख अर्थात् १ मिलियन डलर क्यालिफोर्निया, पेन्सिलभेनिया, टेक्सस (दुई विजेता) र वेस्ट भर्जिनियाका भाग्यशालीहरुले जितेका छन् ।

प्रतिक्रिया