सिकागोमा ९ वर्षीय बालिकाको गोली हानी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

इनेप्लिज २०८० साउन २३ गते ११:३३ मा प्रकाशित

सिकागोमा ९ वर्षीय बालिकाको गोली हानी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ४३ वर्षीय माइकल गुडम्यान मंगलबार अदालतमा हाजिर हुने एबिसीन्यूजले जनाएको छ ।

शिकागोको पोर्टेज पार्क छिमेकमा शनिबार राति ९ वर्षीया बालिकालाई गोली हानी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

४३ वर्षीय माइकल गुडम्यानलाई सेराबी मेडिनाको मृत्युको सम्बन्धमा प्रथम श्रेणीको हत्याको आरोप लगाइएको शिकागोका प्रहरी अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन्।

उनी मंगलबार सुनुवाईको लागि अदालतमा उपस्थित हुनेछन्। उनलाई शनिबार राति करिब ९ः२० बजे पक्राउ गरिएको हो । अपराधीलाई बन्दुकको गोली लागि घाइते भएकोले उपचारका लागि क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले बताए। घटनास्थलमा हतियार बरामद भएको छ ।

प्रतिक्रिया