न्यूयोर्कका चिकित्सकलाई अचेत बिरामीलाई यौन दुर्व्यवहार गरेको तथा अङ्कियदृश्य(भिडियो)समेत बनाएको आरोप

इनेप्लिज २०८० साउन २२ गते २३:५६ मा प्रकाशित

न्यूयोर्क शहरका एक चीनिया मूलका चिकित्सकलाई अचेत बिरामीलाई यौन दुर्व्यवहार गरेको र अङ्कियदृश्य(भिडियो)समेत बनाएको आरोप लगाइएको छ ।

न्यूयोर्क शहरका एक चिकित्सकलाई प्रतिष्ठित स्थानीय अस्पतालमा भेटघाटको योजना (अपोइन्टमेन्ट)को क्रममा लागुऔषध, अङ्कियदृश्य(भिडियो) खिच्ने र यौन आक्रमण गर्ने धेरै बिरामीहरू सहित कम्तीमा छ जना महिलाहरुको यौन दुर्व्यवहारको आरोपमा सोमबार अभियोग लगाइएको छ ।

अभियोजकहरूका अनुसार न्यूयोर्क-प्रेस्बिटेरियन क्वीन्स अस्पतालमा आफ्ना तीन जना बिरामीलाई यौन दुर्व्यवहार गरेको र न्यूयोर्कको क्वीन्सस्थित आफ्नो भवनगृह (अपार्टमेन्ट)मा अन्य तीन जना महिलालाई बलात्कार गरेको आरोपमा झी एलन चेङलाई सोमबार मुद्दा दायर गरिएको छ । उनले आरोपमा दोषी नभएको स्वीकार गरेको एबिसीन्यूजले जनाएको छ ।

३३ वर्षीय ग्यास्ट्रोएन्टेरोलॉजिस्ट(पेट रोग विशेषज्ञ )लाई गत डिसेम्बरमा उनको क्वीन्स घरमा एक महिला परिचितलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेपछि उनलाई अस्पतालबाट बर्खास्त गरिएको थियो। त्यस समयमा महिलाले प्रहरी अधिकारीहरूलाई चेङले अन्य धेरै महिलाहरूलाई दुर्व्यवहार गरेको अङ्कियदृश्य (भिडियो)हरू समेत फेला पारेको बताएकी थिइन् ।

अन्वेषकहरूले उनको घर र उपकरणहरू खोजी गर्दा उनीहरूले नयाँ अभियोग अनुसार चिकित्सकले आफ्नो घर र कार्यस्थलमा महिलाहरूलाई दुर्व्यवहार गरेको देखाउने अङ्कियदृश्य (भिडियो )प्रमाणहरू पत्ता लगाएका थिए ।

उक्त असम्पादित अङ्कियदृश्य(फुटेज)मा चेङले एक १९ वर्षीया र ४७ वर्षीय “गम्भीर बिरामी” सहित तीन जना अस्पतालका बिरामीलाई छामछुम गरेको देखाइएको अभियोजकहरूले भने । सबै महिलाहरू दुर्व्यवहारको समयमा बेहोश भएको देखिएको र चेङले उनीहरूलाई शान्त पार्न एनेस्थेसिया (निश्चेतना )प्रयोग गरेको अदालतका कागजातहरू अनुसार देखिएको छ ।

उनको घरबाट धेरै प्रकारका तरल निश्चेतना (एनेस्थेसिया )बरामद गरिएको थियो । जसमा कोकिन र मनोरञ्जन लागूपदार्थको साथसाथै अन्य सामाग्रीहरु फेला पारिएको थियो ।

न्युयोर्क-प्रेस्बिटेरियन अस्पताल प्रणालीका अर्का चिकित्सक रोबर्ट हेडेन जो स्त्री रोग विशेषज्ञ थिए जसले दुई दशकको अवधिमा २४५ महिलाहरूलाई दुर्व्यवहार गरेको कथित रूपमा सजाय सुनाए पछि यो गिरफ्तारी भएको हो। उनलाई जुनमा २० वर्षको कारागार सजाय सुनाइएको थियो।

चेङको कथित दुर्व्यवहार २०२१ र २०२२ को बीचमा धेरै छोटो अवधिमा भएको थियो। तर अभियोजकहरूका अनुसार उनीहरूसँग चेङले न्यूयोर्क शहर, लस भेगास, सान फ्रान्सिस्को र थाइल्याण्डका विभिन्न स्थानहरूमा अन्य महिलाहरूलाई दुर्व्यवहार गरेको थप प्रमाणहरू फेला पारेका छन्। ती घटनाहरूको सम्बन्धमा अभियोग लगाइएको छैन।

न्यूयोर्क-प्रेस्बिटेरियनका प्रवक्ता एन्जेला काराफाजीले चेङको कथित आचरण “हाम्रो लक्ष्य र हाम्रा बिरामीहरूको विश्वासको आधारभूत विश्वासघात” भएको बताइन्।

अस्पतालले आफ्नो बिरामी सुरक्षा नीतिहरू समीक्षा गर्न र सबै कर्मचारीहरूलाई थप प्रशिक्षण लागू गर्न चाहन्छ, उनले भनिन्।

प्रतिक्रिया