पोखरा न्युरोडमा सुनचादी पसलमा अनौंठो चो’री ! मध्य भागमा राति यस्तो – भिडियो रिपोर्ट

इनेप्लिज २०८० साउन २२ गते २२:५८ मा प्रकाशित

आज बिहानको समयमा पसल खोलेर सफाई गर्नुपर्यो भनेर खोल्न दृश्य देखिएको हो । पोखराको न्युरोडमा रहेको कमल सुन चादी दुकान प्रा ली मा रहेको १००० तोला भन्दा बढी छाडी चोरी भएको पसल संचालकले जानकारी दिएका छन् ।

पर्यटकीय नगरी पोखराको मुख्य बजारको रुपमा चिनिदै आएको न्युरोडमा एक्कासी चोरी भएपछी यहाका व्यवसायीहरु त्रशित भएका छन् । बजारमा रहेका सिसिटिभी क्यामेराहरू हेर्न खोज्दा नजिकै क्यामेरा नभएका कारण पनि कसले यस्तो गर्यो भन्ने कुरा पत्ता लगाउन केहि समय लाग्ने श्रोतले बताए ।

घटनास्थलमा हेर्दा तिन ठाउमा सटर काट्ने प्रयास गरे जस्तो देखिन्छ । सटरमा केहि धारिलो हतियारले काट्ने प्रयास गरेको र सटर बंगाएर मानिस छिरेको स्थानीयले आशंका गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रहरीले यस विषयमा अनुसन्धान अगाडी बढाएको र अनुसान्धानपछि खुल्न आउने सबै कुरा सार्वजनिक गरिने बताएका छन् ।

प्रतिक्रिया