फ्लोरिडाका गभर्नर डिसान्टिस आफू राष्ट्रपतिको उम्मेदवार बने पछि ट्रम्प २०२० को चुनावमा ट्रम्प हारेको स्वीकार

इनेप्लिज २०८० साउन २२ गते २२:३७ मा प्रकाशित

अमेरिकाको फ्लोरिडाका राज्यका सशक्त रिपब्लिकन दलका राष्ट्रपतिका उम्मेदवार तथा वर्तमान गभर्नर रन डिसान्टिसले ले भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को चुनावमा हारेको स्वीकार गरेका छन । यत्रो समय पछि उनको पराजय भएको बताए ।

रिपब्लिकन दलको प्राथमिक निर्वाचनको सर्वेक्षणमा उनि ट्रम्प पछि दोश्रो स्थानमा छन् । रिपब्लिकन दलका प्रभावशाली नेता हुन् भने रिपब्लिकन दलका नेता ,कार्यकर्ताका मन पराएका मध्ये कै एक हुन् ।

सोमबार प्रकाशित एनबीसी न्यूजसँगको अन्तर्वार्तामा उनले त्यस्तो टिप्पणी गरेका हुन। कैयौ समय सम्म कहिले पनि ट्रम्पले चुनाव हारेको स्वीकार नगरेका डिसान्टिसले अन्तर्वार्ताको क्रममा भनेका हुन् । उनले २०२० को निर्वाचन त्यति उत्तम नभएको उनले बताए ।

फ्लोरिडा राज्यमा रिपब्लिकन दलका ट्रम्प बिजयी भएका थिए तर अन्य ७ वटा राज्यहरुमा चुनाव नतिजामा धाँधली भएको दर्जनौ राज्यहरुमा मुद्धा दायर गर्ने ट्रम्पलाई केही शब्द ननिकालेका डिसान्टिस ट्रम्पका कट्टर समर्थक थिए । तर अब स्वयम आफू उम्मेदवार भए पछि मुख खोलेका हुन् । यता ट्रम्पले यिनको खैरो खन्न कुनै चिज बाकि राखेका छैन

फ्लोरिडाका गभर्नरले भने, “जसले हरेक चार वर्षमा जनवरी २० मा बाइबलमा हात राख्छ, त्यो विजेता हो,” ।

डिसेन्टिसले अवश्य उनि हारेको अन्तरवार्तामा बताए ।

प्रतिक्रिया