वर्तमान सरकारकै मिलेमतोमा सुन तस्करी भएको हो : ठगुन्ना

इनेप्लिज २०८० साउन २१ गते १७:०३ मा प्रकाशित

धनगढी, साउन २१÷नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं कैलाली ईन्चार्ज तथा पूर्वमन्त्री गणेशसिंह डगुन्नाले बतृमान सरकारको मिलेमतोमा सुन तस्करी लगायतका विभिन्न विकृति विसंगतिहरु भित्रिएको बताएका छन् ।

सरकार सञ्चालनको सम्पूर्ण जिम्मेवारी हातमा लिएको वर्तमान गठबन्धन सरकारले आफै धामी आफै झांक्री जस्तो दोहोरो चरित्र गर्दै माफियाहरु संगको साँठगाँठमा सुन तस्करीमा संलग्न रहेको बताएका छन् ।

नेकपा एमाले मोहन्याल गाँउ कमिटीको आयोजनामा आईतबार मोहन्यालको फलेबिसौनमिा सम्पन्न भएको गाउँ स्तरीय बैठक तथा भेलालाई सम्बोधन गर्दै एमाले नेता ठगुन्नाले सो कुरा बताएका हुन ।

नेकपा एमालेको लोकप्रियताबाट अत्तालिएको वर्तमान गठबन्धन सरकारले आफ्ना मन्त्री, साँसद र स्वयं गृहमन्त्री तथा पूर्व सभामुखका छोरा समेतलाई यस प्रकारको तस्करमिा लगाएर घटनालाई अन्यत्रै मोड्ने दुस्प्रयासहरु भैरहेको समेत ठगुन्नाले बताएका छन् ।

देशमा भएका विभिन्न काण्डहरुमा संलग्न रहेका माओवादी र नेपाली काँग्रेसका आरोप लागिरहेकालाई कारवाही नगरेर उनिहरुलाई जोगाई राख्ने खालको गतिविधीले पनि गठबन्धन सरकार माफियाको मतियार हो भन्नेमा दुईमत नरहेको पनि नेता ठगून्नाको भनाई रहेको छ ।

भुटानी शरणार्थी, लगायतका मुद्धामा समेत आफ्ना नेता कार्यकर्तालाई कारवाही नगरेर बचाउको बाटोमा काँग्रेस र माओवादी लागि परेको पनि नेता ठगुन्नाले बताएका छन्

एमाले पार्टी आमा सर्वहारा श्रमजीविक जनताको पार्टी भएकाले सर्वहारको हितमा काम गर्दै समाज रुपान्त्रणको बाटोमा लागि रहेकोले यस बाटोमा गोलब४ हुन सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन ।

सो अवसरमा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथी एवं नेकपा एमाले केन्द्रिय सदस्य तथा निवतृमान साँसद झपट रावलले एमालेको सरकार रहँदा जनताको पक्षमा एमालेले गरेका सकरात्मक कार्यको तुलनामा वर्तमान गठबन्धनको सरकारले एक प्रतिशत पनि कार्य गर्न नसकेको बताएका छन् ।

आफ्नो कार्यकालमा कैलाली जिल्लामा साँसद रणनैतिक सडक, लम्की टिकापुर सडक, सेती लोकमार्ग, रानीजमरा कुलरिया सिंचाई आयोजना जस्ता महत्वपूर्ण विकास निर्माणमा आफुले व्यापक कार्य गरेको भएतापनि वर्तमान गठबन्धन सरकारबाट जनताको जनजीविकाको सवालमा काम गर्न नसक्नु दुखको कुरा भएको बताएका छन् ।

सो अवसरमा नेकपा एमाले केन्द्रिय सदस्य एवं मोहन्याल ईन्चार्ज तथा पूर्व राष्ट्रिय सभाकी साँसद कमला कुमारी वलीले नेकपा एमाले जनताको पार्टीको रुपमा बलियो संग स्थापित गर्नका लागि सबै नेता कार्यकर्ताहरु एक जुट भएर लाग्नु पर्ने बताएका छन् ।

सो अवसरमा एमाले केन्द्रिय सल्हाकार परिषद सदस्य डिल्लीराज भटट्,नेकपा एमाले निर्वाचन विभागका केन्द्रिय सदस्य रण बहादुर चन्द, नेकपा एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना,कैलाली जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष दुर्गा प्रसाद जोशी,एमाले कैलालीका उपसचिव ममता प्रसाद चौधरी,नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य वीरेन्द्र बहादुर रावल, खर अधिकारी र ममता रावलले समेत मन्तव्य व्यक्त गरेका थिए ।

नेकपा एमाले मोहन्याल गाउँ कमिटकिा अध्यक्ष भवानी प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लिलाराम माझी र स्वागत मन्तव्य उपाध्यक्ष टीका भण्डारीले गरेका थिए ।

-बीरेन्द्र रावल

प्रतिक्रिया