राशिफलको क्षेत्रमा यहाँहरूको लागि नयाँ सुविधा लिएर आएको कुरा जानकारी गराउन पाउँदा खुशी लागेको छ । राशिफलका पारखी महानुभावहरूलाई राशिफलबाट बढी लाभ मिलोस् भनेर यो सुविधा ल्याएको हुँ । आशा छ यहाँहरूले यसलाई मन पराइदिनु हुनेछ ।
वर्तमान व्यस्त समयमा प्रत्येक दिनको राशिफल हेर्न तथा सुन्न प्रत्येक दिन समय खर्चिनु परिरहेको हुनाले सो समयलाई वचत होस् भन्ने हेतुले एउटै भिडियोमा एक हप्ताभित्रका प्रत्येक दिनको छुट्टाछुट्टै राशिफल समाहित भएको सामग्री युट्युबमार्फत सार्वजनिक गर्दै आएको कुरा यहाँलाई अवगत गराउँद छु । एक साताको प्रत्येक दिनको राशिफलको लागि मात्र एउटा भिडियो हेरे पुग्ने भएकोले बाँकी छ दिनमा राशिफल हेर्न खर्चिनु पर्ने समय वचत हुनेछ ।
राशिफल हेरेर मुल्याङ्कन तथा विश्लेषण गरी आफ्नो राय तथा सल्लाहसुझाव पनि दिनुहुने छ भन्ने अपेक्षासमेत गरेको छु ।
– ज्यो. दीपक सुवेदी
प्रतिक्रिया