नमस्ते रेडियो टोरोन्टोको १८ बर्ष पूरा: संस्थापक अनिल थापाद्वारा सबैमा आभार व्यक्त !

मदन बस्नेत, क्यानाडा २०८० साउन १९ गते २३:५४ मा प्रकाशित

“टोरोन्टोको आकाशमा नेपालीको आवाज” भन्दै नेपाल चिनाउने हुटहुटी बोकेर क्यानाडाको टोरोन्टोमा स्थापित नमस्ते रेडियो टोरोन्टोले १८ बर्ष पूरा गरेको छ।

नमस्ते रेडियो टोरोन्टो एनआरएन क्यानाडाका पूर्व अध्यक्ष, समाजसेवी एवं सफल ब्यबसायी अनिल थापाको तत्परता र लगनशीलता सन् २००५ को अगस्ट ०६ मा संचालित र स्थापित भएको हो।

संचालनको सुरुको अबधिमा सिएमआरको १०१.३ फृक्वेन्सीमा प्रत्येक आईतवार बिहान ९ देखि १० बजे सम्म दैनिक १ घन्टा संचालमा आएको थियो भने त्यसको ३ बर्षपछी पूर्व समय तालिकामा फेरबदल भएर हाल निरन्तर रुपमा साताको प्रत्येक शनिबार बिहान ७:३० देखि ८:०० बजेसम्म नेपाली कार्यक्रम संचालन भईरहेको छ।

स्थापनाकालदेखी हालसम्म अनवरत रुपमा कार्यक्रम निर्माण, संचालन र निर्देशन गर्दै आएका रेडियोका संस्थापक अनिल थापालाई अठार बर्ष लामो यात्रामा डा. गोबिन्द सिंह रावत, सपना ढुंगाना, स्वयम पोख्रेल, संजीव शर्मा, अनिल ओझा, सृष्टि रावत, यूअफटीका डा. योगेन्द्र शाक्य, डा. सबिन निग्लेखु, शम्भु धमला, मनोज पोख्रेल, अचिन गीरी उर्फ हाम्रो परिवार, सुजन मास्के, आस्था तामाङ मास्के, चन्दा श्रेष्ठ, केदार बस्नेत, रोशन बस्नेत, लेखनाथ सिवाकोटी, संजीव रिजाल, आशुतोष उपाध्याय, पूर्ण पौडेल, आशा रजक, जयराम गौतम, कमला सापकोटा, प्रीति भट्ट, दिनेश सिंह मल्ल, कुन्दन घिमिरे, प्रधुमन रेग्मी, डा बिनोद बराल र पछिल्लो समयमा मदन बस्नेत लगायतका अरु धेरैले सघाउँदै आएका छ्न्।

रेडियो कार्यक्रम संचालन नगरेतापनी दृश्य पछाडि रहेर ढुंढी पाण्डे, सागर पोख्रेल लगायत अन्य धेरै ब्यक्तित्वहरुले रेडियोको संचालन र नीरन्तरतामा सघाएकोमा रेडियोका संथापक अनिल थापाले स्थापना कालदेखि हालसम्मका सबै होस्ट र कार्यक्रम सहयोगी, नेपाली समाजका अगुवा, सेवाग्राही, ब्यबसायी, बिज्ञापनदातालाई धन्यवाद ज्ञापन गर्नु भएको छ।

त्यसैगरी वहाँले नमस्ते रेडियो टोरोन्टो लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध रहेको र स्थापित मूल्यहरूमा इमानदारी, निष्ठा, विविधता, रचनात्मकताका साथ समाजमा सेवा पुर्याउन कटिबद्ध रहेको बताउनु भएको छ।

प्रतिक्रिया