कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरीज “मीस स्कार्लेट” को नेपाली र अंग्रेजि भाषाको टिजर सार्वजनिक भएको छ । यस साइेकोलोजीकल थ्रीलर सिरीजको पहीलो सीजन ४ एपीसोडको हुनेछ र प्रत्येक एपीसोड ४५ मीनेटको हुनेछ । यसलाई नेपाली, हिन्दी र अंग्रेजि भाषामा तयार गरिएको छ ।
विरगन्जमा छायांकन गरिएको यस सिरीजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सिनेम्याटोग्राफर शेर बहादुर तामाङ्ग हुन् र यसका कृयटिभ प्रोड्युर प्रकाश पुरी हुन् । सिरीजको मुख्य भुमीकामा गित बिष्ट रहेकी छीन भने कुलश्रेष्ठ कमल ओझाले यस सिरीजबाट डेब्यु गरेका छन । अन्य कलाकारहरुमा आलीसा बास्तोला, कपील रसाईली, सबी थापा, सुमीत्रा अधिकारी, दिलीप नेपाल लगायतको अभिनय रहेको छ ।
नेपालको लागी कान्तिपुर फिल्म एकेडेमीले ले तयार गरिरहेको ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजमा यसलाई भदौ महिनाबाट रिलीज गरिनेछ र अन्तराष्ट्रिय ओटीटी प्लाटफर्ममा पनी हीन्दी र अंग्रेजि भाषामा रिलीज हुनेछ । यस सिरीज मीस स्कार्लेटको ट्रेलर ओटीटी प्लाटफर्म “कान्तिपुर सिनेमाज” को घोषणा कार्यक्रममा सार्वजनिक गर्नेछौँ ।
प्रतिक्रिया