पोखरामा रातीको १२ बजे पहिरो खसेपछि, आधा शरीर पुरीएका युवालाई यसरी गरे उद्धार-भिडियो

इनेप्लिज २०८० साउन १४ गते १७:०७ मा प्रकाशित

पोखरा महानगरपालिका १८ मिरुवामा गएराति पहिरो जाँदा २ वटा घरमा क्षति पुगेको छ ।

अविरल वर्षाका कारण पोखरा १८ मिरुवामा गएराति १२ बजेर ५ मिनेटमा पहिरो खसेको स्थानीयले बताएका छन् । पहिरो जाँदा ५० वर्षीय मइत्कुमारी हमाल र ४७ वर्षीय सुन्दरश्याम अधिकारीको घरमा क्षति पुगेको हो । पहिरोले अधिकारीको घर पूर्ण रुपमा क्षति पु¥याएको छ भने हमालको घरमा पनि पहिरोले क्षति पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घर भिरालो स्थानमा भएकाले पहिरोको जोखिम भएकाले दुवै घरमा बस्न नमिल्ने जनाएको छ । घरमा पहिरोले क्षति पु¥याउँदा हमाल र अधिकारी सामान्य घाइते भएका छन् । उनीहरुले अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

यस्तो छ अवस्था हेर्नुहोस स्थलगत रिपोर्ट

प्रतिक्रिया