टेक्ससमा एचडिएनपीले अन्तर्राष्ट्रियले घरबार बिहिनहरुका लागि कोष वृद्धि गाला कार्यक्रम गर्दै

इनेप्लिज २०८० साउन १२ गते ०:०५ मा प्रकाशित

बिगत बर्ष झैँ यस बर्ष पनि टेक्ससमा स्थापित एचडिएनपीले अन्तर्राष्ट्रियले घरबार बिहिनहरुका लागि कोषवृद्धि गाला कार्यक्रम गर्ने भएको छ । बिगत बर्षहरुमा पनि अपार सफलताको साथ सम्पन्न गर्न सफल भएको एचडिएनपीले अन्तर्राष्ट्रियले यस बर्ष अक्टोबर १४ का दिन आयोजना गर्ने भएको संस्थापक देवी डेविड आचार्यले ईनेप्लिजलाई बताए ।

यस पटक कार्यक्रम व्हाइट रुम नामक स्थलमा कार्यक्रम हुनेछ भने कार्यक्रम साँझ ६ बजे देखि राती ११ बजे सम्म चल्ने छ । साथै घरबारविहीनहरूलाई सहयोग गर्ने र समुदायमा उल्लेखीय भूमिका निर्वाह गर्नेहरुलाई सम्मान कार्यक्रम समेत रहेको छ ।

यस वर्षको कार्यक्रममा २५० जना अतिथिहरूको सहभागिता हुने अपेक्षा गरिएको छ । बिस्तृत जानकारी लिन एचडिएनपि इन्टरनेसनलको आफ्नो आधिकारिक संजालस्थल(वेबसाइट)मा हेर्न सकिने छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । र ,यसको स्थापना र संचालन नेपालीले गरेका हुन् ।

स्थापना काल देखि अमेरिकाको टेक्ससको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ । गाला कार्यक्रममा बिशेष व्यक्तित्वहरुको सत्र ,रात्रिभोज ,विभिन्न राष्ट्रको प्रतिनिधित्व हुने गरि नृत्य र सङ्गीतको प्रस्तुति ,लिलाम तथा पुरस्कार बितरण कार्यक्रम समेत गरिएको थियो ।

प्रतिक्रिया