विश्व प्रसिद्ध गुरुदेव श्री श्री रविशंकर बाट भर्जिनियामा Meditation and wisdom कार्यक्रम सफलतापूर्वक सम्पन्न

इनेप्लिज २०८० साउन १० गते २३:४८ मा प्रकाशित

गत जुलाई २३ आईतवारका दिन संयुक्त राज्य अमेरिका स्थित भारतीय सामुदायिक संस्था World culture festival community र The Art of leaving foundation संस्थाको आयोजनामा भर्जिनिया राज्यको अल्डी शहरमा बिश्व प्रसिद्ध गुरुदेव श्री श्री रवि शंकर बाट Meditation and wisdom नामक कार्यक्रम सम्पन्न गरिएको थियो। हजारौं मानिसहरुको उपस्थितमा सम्पन्न भएको उक्त विशाल एवं भव्य तथा सभ्य कार्यक्रममा आयोजक संस्थाको बिशेष निमन्त्रणामा अमेरिकी नेपाली समुदायको तर्फ बाट Association of Nepalis in the Americas (ANA) का वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीले आफनो सपरिवार सहित प्रतिनिधित्व गर्नु भएको थियो।सो कार्यक्रममा केहि मात्रामा नेपाली अमेरिकी जन सहभागिता पनि भएको थियो र उनिहरु बाट उदाहरणनिय र सक्रिय रुपमा स्वयंसेवकको कार्यमा सहयोगी सहभागिता पनि भएको देखिएको थियो।उक्त कार्यक्रमलाई बिभिन्न अन्य संचार माध्यमका अतिरिक्त अमेरिकी नेपाली संचार माध्यमका तर्फ बाट लोकप्रिय संचार माध्यम इनेप्लिज .कम का प्रधान संपादक बिश्व राज थापाले media coverage गर्नु भएको थियो।


सो कार्यक्रमका सिलसिलामा खिचिएका केहि सुन्दर तस्वीरहरुलाई निम्नानुसार संप्रेषित गरिएको छ। तस्वीरहरू:

प्रतिक्रिया