फ्लोरिडामा ३ छुट्टाछुट्टै यानपेटिका (सुटकेस)मा मानव अवशेष फेला

इनेप्लिज २०८० साउन ९ गते ११:३३ मा प्रकाशित

फ्लोरिडामा ३ छुट्टाछुट्टै यानपेटिका (सुटकेस)मा मानव अवशेष फेला परेको प्रहरीले जनाएको छ । अवशेष ३५ देखि ५५ वर्ष उमेरका महिलाको रहेको बताइएको एबिसीन्यूजले समाचार लेखेको छ ।

फ्लोरिडामा गत शुक्रबार तीन छुट्टाछुट्टै यानपेटिका (सुटकेस )भित्र मानव अवशेषहरू फेला परेको प्रहरीले बताए । डेलरे बीच(समुन्द्रतट ) प्रहरी विभागलाई एक व्यक्तिले खबर गरेका थिए ।

जासूसहरूले एउटा यान पेटिका फेला पारे जसमा मानव अवशेषहरू फेला पारेको डेलरे बीच प्रहरीविभागले जानकारी दिएको छ ।

अवशेषहरू “खैरो कपाल र लगभग ५ ‘४ ” अग्लो भएको सेतो अथवा स्पनेली( हिस्पानिक) मध्यम उमेरकी महिलाको भएको प्रहरीको बिज्ञप्तिमा जनाईएको छ । अवशेषहरू पत्ता लगाएको केही समयपछि प्रहरीले नजिकै दुई अन्य यानपेटिका (सुटकेस)हरूमा थप मानव अवशेषहरू फेला पारेको थियो। तीनवटै यानपेटिकामा राखिएका अवशेष एउटै महिलाको रहेको प्रहरीले जनाएको छ ।

३५ देखि ५५ वर्षको मानिने ती महिलालाई उनको अवस्थाका आधारमा सोही समयमा पानीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया