फ्लोरिडाका संघीय न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध संवेदनशील सरकारी कागजातहरू गलत प्रयोग गरेको आरोपमा न्याय विभागको मुद्दाको निरीक्षण गर्दै चुनाव नजिक मे २०,२०२४ मा उनको मुद्दा सुरु हुने मिति तोकेका छन्।
अमेरिकी जिल्ला न्यायाधीश एलीन क्याननले शुक्रबार सात पृष्ठको आदेशमा दुई हप्ताको निर्णायक मण्डल(जूरी ट्रायल )मे २०, २०२४ मा फ्लोरिडाको फोर्ट पियर्सको अदालतमा सुरु हुने जनाएका छन ।
न्याय विभागले यस वर्षको डिसेम्बरको मध्यमा सुनवाई (ट्रायल )सुरु गर्न अनुरोध गरेको थियो।
तर ट्रम्पको कानुनी टोलीले २०२४ को राष्ट्रपतिको चुनाव पछि सुनवाई सुरु गर्न अनुरोध गरेका थिए ।
ट्रम्पलाई ३८ वटा आरोपहरु लगाईएका छन ।
प्रतिक्रिया