मिस नेपाल नर्थ अमेरिकाका अन्तिम १८ जना प्रतियोगीहरु तालिममा कडा मेहनत गर्दै ,तेश्रो दिनको तालिम सम्पन्न

इनेप्लिज २०८० साउन ३ गते २२:१८ मा प्रकाशित

बिश्वकै सम्राट राज्य न्यूयोर्क शहरमा आगामी जुलाई २२ शनिबारका दिन आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०२३ को ग्रान्ड फिनाले(समापन समारोह)का १८ जना प्रतियोगीहरु कडा मेहनतको साथै उत्साहजनक रुपमा प्रशिक्षणमा सहभागी भै रहेको आयोजकले ईनेप्लिजलाई बताए ।

मिस नेपाल नर्थ अमेरिकाका आयोजक तथा प्रमुख शैलेश श्रेष्ठले दिएको जानकारी अनुसार आज तेश्रो दिन पनि अत्यन्तै उत्साहजनक तालिम सम्पन्न भएको छ । यसै गरि मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी )प्रतियोगिताको प्रारम्भ संगै प्रशिक्षण निरन्तर दिदै आउनु भएकी आधिकारिक मुख्य कोरियोग्राफर(पूर्ण प्रशिक्षण) पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठले सबै प्रतियोगीहरु छिट्टै टिप्ने ,अनुशासितको साथै प्रतिभाशाली लागेको बताइन ।

उनले तालिम ५ दिन सम्म चल्ने र सबैजना उत्तिकै होनहार आफूलाई लागेको बताइन । क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट प्रतियोगीहरु प्रतिस्प्रद्धामा भाग लिन सबै जना न्यूयोर्क गत जुलाई १६ कै दिन आई पुगेका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२३ मा १८ जना प्रतिस्प्रद्धीहरु रहेका छन् । उनीहरुको बन्द शिविर (तालिम )गत सोमबार ,जुलाई १७ का दिन बिहान देखि नै संचालन भएको छ भने आज तेश्रो दिन पनि तालिम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको बताईएको छ ।

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक बर्ष अगस्त महिनामा हुदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।

बिगत बर्ष झैँ यस बर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।

अतिथिहरु आउने क्रम जारी रहेको छ भने आज तेश्रो दिन आयोजना गरिएको तालिममा सुप्रिया श्रेष्ठ तथा शुभेक्षा खड्काले पनि प्रतियोगीहरुलाई एक सत्र (सेसन)मा तालिम दिएका थिए ।

सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे ,शुभेक्षा खड्का र सदिक्षा श्रेष्ठ अमेरिका आई पुगी सकेका छन् ।

यस पटकको बिजेता सिधै २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिश्प्रद्धीको रुपमा भाग लिन पाउने छन ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला : https://www.missnepalnorthamerica.com/?fbclid=IwAR2Nm_GeCAMEICVNPKMHfpf32gSNHazVqXh7v7XasXW41W3rJbvd8qORo2M

प्रतिक्रिया