योग एक समग्र अभ्यास हो जसले शारीरिक मुद्रा, श्वास नियन्त्रण, ध्यान, र नैतिक सिद्धान्तहरूलाई शरीर, मन र आत्मासँग जोड्ने काम गर्दछ। योगले बल, लचिलोपन र सन्तुलनलाई बढावा दिन्छ साथसाथै आन्तरिक शान्ति र आत्म-जागरूकतालाई बढावा दिन्छ। सबेरै घामसंग उठी आफ्नो बिहानको समय योगमा अर्पित गर्नु भएकी एक नारी आजको नारी रबीना बके भक्तपुरमा जन्मिएर बाल्यकाल पनि त्यही बिताउनु भएकी रबीनाले शान्ति निकेतन स्कुलबाट आफ्नो एस्. एल.सी पुरा गर्नु भएको हो। प्लस २ पद्मकन्याबाट र कान्तिपुर होटेल म्यानेजमेन्टबाट होटेल म्यानेजमेन्ट गरेर ट्रावल एंड टुरिजम, काठमान्डू एकेडेमी ओफ ट्रावल एण्ड टुरिजम कलेज बाट गर्नु भएको हो। उहा सानै बाट केहि गर्नुपर्छ भन्ने धारणाको हुनुहुन्छ।
रबिनाले आफ्नो पढाई सकेपछि फ्रेन्च भाषा पढ्न थाल्नु भयो, जहाँ सबै भन्दा राम्रो अंक ल्याई पहिलो no. मा पर्न सफल हुनु भयो।
परिवारको साथ र सहयोग पाउनु भएकी रबीना आज शाइन होम एण्ड आपार्टमेन्ट र सनशाइन ट्रेकिंग कम्पनी संचालन गर्दै आइरहनु भएको छ। विभिन्न देशबाट आएका पर्यटकहरुलाई आफैले Guide गरि नेपालको भूभागहरुमा घुमाई पर्यटकीय छेत्रमा योगदान पुर्याउँदै आउनु भएको छ।
योगमा पनि आफुलाई सक्रिय राख्दै, हरेक दिन बिहान अरु युवाहरुलाई समेत निशुल्क रुपमा योग सिकाउदै, उर्जा थप्दै आइरहनु भएकी रबीनाले सम्पूर्णले योग गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ। योग गरे जो कोहि पनि निरोगी रहन्छ र आफुले आफुलाई चिन्ने माध्यम पनि योग ध्यान नै हो। योगले शारीरिक रुपमा मात्र नभई मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न मद्दत गर्दछ। धेरै वर्षदेखि यहि काममा निरन्तर रबिनाले युवालाई मात्र नभई बालबालिका अनि बृद्धलाई समेत योग सिकाउदै आउनु भएको छ।
योगलाई अँगालेर, अभ्यासकर्ताहरू आत्म-हेरचाह, भित्री अन्वेषण, र आध्यात्मिक विकासको गहिरो बाटोमा लाग्छन्। सुधारिएको शारीरिक स्वास्थ्य, मानसिक स्पष्टता, र समग्र कल्याणको भावनाको साथ अघाडी बढ्नु भएकी आजकी नारी रबीना बके
Credit title-Sunshine Trekking Agence Francophone
Guest Name-रबिना बाके , योग स्वयंसेवक
प्रतिक्रिया