सात पटक विम्बल्डन बिजेता जोकोभिचलाई २० वर्षीय टेनिस खेलाडीद्वारा रोमाञ्चक खेलमा पराजित

इनेप्लिज २०८० असार ३१ गते २०:५४ मा प्रकाशित

सात पटक विम्बल्डन बिजेता जोकोभिचलाई २० वर्षीय टेनिस खेलाडीले रोमाञ्चक खेलमा पराजित गर्दै पहिलो विम्बल्डन उपाधि जित्न सफल भएका छन् ।

कार्लोस अल्काराजले नोभाक जोकोभिचलाई पाँच सेट(शृंखला)को रोमाञ्चक खेलमा पराजित गर्दै पहिलो विम्बल्डन उपाधि हासिल गरेका छन ।

अल्काराजले आइतबारको पुरुष अन्तिम खेल (फाइनल)मा वर्तमान बिजेता (च्याम्पियन )नोभाक जोकोभिचलाई रोमाञ्चक प्रतिस्प्रद्धामा पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जित्दै बिश्वलाई चकित बनाएका छन् ।

झण्डै पाँच घण्टाको खेल पछि अल्काराजले १-६ ७-६ (८-६) ६-१ ३-६ ६-४ को जित हात पारेका छन् । उनले बिजयीसंगै भीडमा टेनिस बल(भकुण्डो)लाई फ्याक्नु भन्दा अगाडी खुसीले घाँसमा आफै हाम फालेका थिए ।

२० वर्षीय खुल् प्रतियोगितामा तेस्रो कान्छो विम्बल्डन बिजेता बनेका छन् । गत वर्ष उनले अमेरिकी टेनिस अर्थात् युएस ओपन जितेपछि आफ्नो खेल जीवनमा दोस्रो ठूलो उपाधि जोड्न सफल भएका छन् ।

यो मेरो लागि सपना साकार भएको छ अल्काराजले पछि आफ्नो खेल मैदानमै अन्तर्वार्तामा भने। “मेरो लागि, यो अविश्वसनीय छ। २० वर्षको किशोरको लागि यो अचम्मको कुरा हो, मैले यस प्रकारका परिस्थितिहरूमा वास्तवमै छिटो पुग्ने आशा गरेको थिइन ,उनले भने । उनले अगाडी भने म आफैंमा साँच्चै गर्व गर्छु र मसँग भएको टोलीमा साँच्चै गर्व छ ।

सात पटकको विम्बल्डन बिजेया जोकोभिचले खेल मैदान भित्रै नजिकै बसेका आफ्ना छोराछोरीलाई सम्बोधन गर्दा खेल मैदान मै आँसु झारे। “म तिमीहरुलाई माया गर्छु,” उनले आफ्नो परिवारलाई भने । उनले पहिले नै आफ्नो प्रतिद्वन्द्वीलाई बधाई दिएका थिए ।

प्रतिक्रिया