न्यूयोर्क क्षेत्रमा दशकौ सम्म महिलाहरुको क्रमबद्ध रुपमा हत्या गर्ने संदिग्धलाई प्रकाउ गरिएको छ । संदिग्ध रेक्स ह्युरम्यान भएको पहिचान गरिएको छ ।
न्यूयोर्कको लङ्ग आइल्याण्डको गिल्गो समुन्द्रतट (बीच) सँग जोडिएका १० पीडित मध्ये तीन जनाको हत्याको सम्बन्धमा उनलाई संदिग्धलाई पक्राउ गरिएको अधिकारीहरूले भने।
न्यु योर्क शहरका वास्तुकार रेक्स ह्युरम्यानलाई मेलिसा बार्थेलेमी, मेगन वाटरम्यान र एम्बर कोस्टेलोको हत्याको आरोप लगाइएको छ। जसको शव डिसेम्बर २०१० मा न्यूयोर्कको लङ आइल्याण्डको साउथ शोरमा ओशन पार्कवेको छेउमा बुर्लापमा ढाकेको फेला परेको सफोक काउन्टी आपराधिकमा शुक्रबार सिलबन्दी खोलिएको अदालतको अभिलेखमा जनाईएको एबिसीन्यूजले जनाएको छ ।
बार्थेलेमी जुलाई २००९ मा बेपत्ता, वाटरम्यान जून २०१० मा बेपत्ता र कोस्टेलो अन्तिम पटक सेप्टेम्बर २०१० मा देखिएकी थिइन् । तीन महिलाहरु २२ र २७ वर्ष को बीचमा थिए । अदालतको अभिलेख अनुसार सबै यौनकर्मीको रूपमा काम गर्थे ।
“रेक्स ह्युरम्यान हाम्रो बीचमा हिंड्ने राक्षस हो,” सफोक काउन्टीका प्रहरी आयुक्त रोडनी ह्यारिसनले शुक्रबार भने। उनलाई “परिवार बर्बाद गर्ने शिकारी।”को संज्ञा दिए ।
प्रत्येक महिला बेपत्ता हुनुभन्दा केही समय अघि उनले प्रमाणित बिनाको सस्तो र अज्ञात घुम्ती यन्त्र (सेलफोन )प्रयोग गर्ने व्यक्तिसँग सम्पर्क गरेका थिए ।अभिलेखका अनुसार दुईजना पीडितको घुम्ती यन्त्र (सेलफोन )हत्याराले उनीहरूको मृत्युपछि प्रयोग गरेको थियो।
अदालतका कागजातहरूका अनुसार, बार्थेलेमी, वाटरम्यान र कोस्टेलो बेपत्ता हुँदा ह्युरम्यानकी श्रीमती शहरबाहिर थिइन् ।चौथो पीडित, मौरीन ब्रेनार्ड-बार्नेस, जो जुलाई २००७ मा बेपत्ता भए पनि तीन महिलाहरूसँग जोडिएका थिए ।
चारजना पीडितहरू मध्ये प्रत्येक एकै ठाउँमा पेटी (बेल्ट) वा टेपले एउटै तरीकामा बाँधिएको फेला परेको अदालतका कागजातहरूले देखाएको छ ।
अदालतका कागजातहरू अनुसार ह्युरम्यानले जनवरी २०२३ मा म्यानह्याटन फोहोरमा फ्याँकेको पिज्जासँग डिएनए मेल खाएको थियो।
दुई सन्तानका विवाहित बुबा, ५९ वर्षीय ह्युरम्यानले आफ्नो एउटा अस्थायी सस्तो अज्ञात सस्तो घुम्ती संचार थान (बर्नर फोन) प्रयोग गर्थे । कागजातहरूका अनुसार ह्युरम्यानले आफूमाथि अनुसन्धान गरिरहेका अधिकारीहरूको बारेमा लेखहरू पनि खोजे र हेरेका थिए।
संदिग्धलाई बिहीबार राती म्यानह्याटनबाट पक्राउ गरिएको अधिकारीहरूले बताए । लङ्ग आइल्याण्डको मासापेक्वा उद्यान शुक्रबार बिहान उनको घर बाहिर प्रहरीहरु देखिएको एबिसीन्यूजले जनाएको छ ।
ह्युरम्यान पहिलो पटक मार्च २०२२ मा अनुसन्धानमा संदिग्धको रूपमा आएको सफोक काउन्टी जिल्ला न्यायधिवक्ता रे टियर्नेले शुक्रबार भने।
ह्युरम्यानलाई उनको सवारी साधन (कार) शेभरोलेट मार्फत पत्ता लगाईएको थियो । ।अनुसन्धानकर्ताहरूले लामो समयदेखि पीडितहरूको फरक अवस्थाका कारण एकभन्दा बढी हत्यारा हुनसक्ने विश्वास गरेका छन्।
प्रतिक्रिया