अमेरिकाको नेभादा राज्यको बिश्व चर्चित लस भेगास शहरको सिजर्स प्यालेस नामक अतिथि गृह(रिसोर्ट)को एक कोठामा एक घण्टा लामो अवरोधपछि एक व्यक्तिलाई पक्राउ गरिएको छ । बन्धक बनाईएकी एक महिलाको सकुसल रिहा गरिएको एबिसीन्यूजले समाचार लेखेको छ ।
कुनै चोटपटकको विवरण दिईएको छैन । प्रहरीले हिरासतमा रहेको व्यक्ति सशस्त्र थियो या थिएन भन्ने बारेमा जानकारी गराएका छैनन् । उक्त कोठाबाट फर्नीचर, तकिया गद्धी र अन्य वस्तुहरू २१ औं तलाको झ्यालबाट खसे पछि तलको पौंडी पोखरी क्षेत्रमा पाहुनाहरूलाई डराएका थिए ।
“संदिग्धलाई हिरासतमा लिइएको छ। महिला अहिले अधिकारीहरूसँग छन्, “विभागले मंगलबार मध्य दिउँसो प्रकाशन गरिएका सन्देशहरूमा भने।
लस भेगासका प्रहरी प्रमुख स्टीफन कोनेलका अनुसार एक पुरुष र महिलाबीच झगडा भएको र त्यो पुरुषले महिलालाई “बलपूर्वक” कोठामा तानेको अतिथि गृहका सुरक्षाकर्मीले बिहान ९:१५ बजे बताएका थिए ।
बाहिर, पाहुनाहरूले सिसा फुटेको सुनेका थिए । लस भेगासको प्रतिष्ठित र ऐतिहासिक ९ तले प्यालेस धरहरा (टावर)मा करिब ४ हजार कोठा छन् ।
अतिथि गृहका कर्मचारीहरूले घटना २१ औं तल्लामा भएको र अन्य तल्लामा रहेका पाहुनाहरूलाई बाहिर निकालिएको वा आवतजावत गर्न प्रतिबन्धित नभएको बताए।
प्रतिक्रिया