सामाजिक संजाल मेटाले घोषणा गरेको केही घण्टा भित्रै आफ्नो थ्रेड्स नामक अनुप्रयोग (एप) सार्वजनिक गरेको छ । गत जुलाई ५ को राती नै अमेरिकाको पूर्वीय समय करिव ९ बजे भन्दा पहिले नै यसमा प्रवेश गर्न चाहने र अग्रिम रुपमा दर्ता गराएका ग्राहकहरुलाई थ्रेड्स प्रारम्भ भएको सूचना दिईएको थियो ।
स्वयम् मेटाका प्रमुख कार्यकारी अधिकारी मार्क जकरबर्गले यस अनुप्रयोगमा केही टिप्पणी लेखि रहेका छन । उनले २ घण्टा भित्रमा २० लाख ,त्यस पछि ४ घण्टामा ५० लाख र ७ घण्टामा १ करोड ग्राहकहरु यसमा जोडिएको जानकारी स्वयम् दिएका छन् । अर्थात् यो अनुप्रयोगमा हस्ताक्षर गरि सकेको खुसीको खबर साझा गरेका छन् ।
यसको प्रारम्भ संगै ट्विटरलाई ठूलो चुनौती भएको छ । ग्राहकहरु यसमा भटाभट आफ्नो नाम दर्ता गर्न थाली सकेका छन् । यो ट्विटर जस्तै देखिन्छ र इन्स्टाग्राम प्रयोगकर्ताहरूले थ्रेड्सहरुमा उही खाताहरू पछ्याउन तुरुन्तै थिच्न (क्लिक गर्न )सक्षम हुनेछन ।
सामाजिक सञ्जालमा नयाँ सामाजिक सञ्जाल थ्रेड्स सेवाको पक्षमा धेरै मानिसहरू ट्विटरबाट यता सर्ने अपेक्षा सहित केही प्रयोगकर्ताहरूले थ्रेड्सलाई “ट्विटर किलर” अर्थात् ट्विटर घातक भनेर उल्लेख गरिरहेका छन्।
इन्स्टाग्राम टोलीद्वारा निर्मित र इन्स्टाग्राम खातामा सीधै जोडिएको छ । थ्रेड्सले ५०० वटा अक्षरहरुलाई प्रकाशन गर्न अनुमति दिन्छ । जसमा कडी (लिङ्क)हरू, तस्बिरहरु ,जीआइएफहरू, र अङ्कियदृश्य (भिडियो)हरू पाँच मिनेटसम्मको लम्बाइ सम्म प्रकाशन गर्न सकिनेछ ।
थ्रेड्स अहिले आईओएस र एन्ड्रोइड दुवैका लागि १०० भन्दा बढी देशहरूमा अधोभारण (डाउनलोड)का लागि उपलब्ध गरिएका छन्।
प्रतिक्रिया