नेपाली चलचित्र ‘द सेक्रेटस् अफ‘राधा’ अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन हुने भएको छ । हालसालै नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘द सेक्रेटस् अफ राधा’ले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको थियो ।
आगामी जुलाई ८ का दिन लङ्ग आइल्याण्ड न्यूयोर्कको बेल्मोरमा साँझ ६:३० बजे प्रदर्शन हुनेछ । उक्त चलचित्र बेल्मोर प्लेहाउसमा प्रदर्शन हुने भएको छ ।
आगामी आइतबार जुलाई ९ का दिन बाल्टिमोरको ग्लेन बर्नी शहरको होराइजन चलचित्र मन्दिर राती ७ बजे प्रदर्शन हुने भएको छ । उक्त चलचित्रलाई दिलिप नेपाली तथा मनिष शर्माले समर्थन गरेका छन् । टिकट दर केवल २० डलर राखिएको छ ।
चलचित्रका निर्देशक सुवर्ण थापाका अनुसार जुलाई १५ का दिन मीनेसोटामा समेत प्रदर्शन हुनेछ । चलचित्र ५:३० बजे साँझ सुरु हुनेछ भने टिकट दर २० डलर राखिएको छ । चलचित्रको सौजन्य राजेश देवकोटा तथा स्टेट फर्म बिमाका अभिकर्ता प्रताप
भोसलेले गरेका छन् । मीनेसोटाकै मंजुद्वारा संचालित डाइमण्ड आईब्रो थ्रेडिंगले समर्थन गरेको छ ।
त्यस्तै जुलाई १६ का दिन शिकागोल्याण्ड नेपाली फ्रेन्ड्इशिप सोसाइटीको आयोजनामा इलोनोइस राज्यको नाइल्स शहरको सिने लाउन्जमा प्रदर्शन हुनेछ । प्रदर्शन साँझ ५ बजे हुनेछ भने खेम पन्थी तथा खेम पाठकलाई सम्पर्क गर्न सकिनेछ ।
द सेक्रेट अफ राधा” नारीका संम्वेदनाहरूलाई केन्द्र बिन्दुमा राखेर निर्देशक सुवर्ण थापाद्धारा निर्देशन तथा निर्माण गरिएको चलचित्र हो।
एक गर्भवती महिलाले आफ्नो बेपत्ता भएको श्रीमानको खोजी गर्ने गरेको संघर्षको कथालाई चलचित्रले मुख्य कथा बस्तु बनाएको छ। यस चलचित्रको मुख्य पात्र राधाले जस्तै हजारौ हजार हाम्रा दिदिबहिनीहरूले पनि यस्तो समस्या दिनहॅु हाम्रो समाजमा भोग्दै आएका छन्।बर्तमान समयमा नेपाली समाजमा घटिआएका र हाम्रो समाजले भोगी आएको कथा बस्तुलाई लिएर यो चलचित्र निर्माण भएको छ। तसर्थ यो चलचित्र एक सामाजिक चलचित्र बन्न सफल भएको छ।
राधा राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरूमा ख्याति कमाएको चलचित्र हो। यो चलचित्र फ्रान्सको चर्चित “ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलमा” ७ बिधामा मनोनयन परेको थियो। जसमा उत्कृष्ट कलाकार ,निर्देशक र चलचित्र गरि तीन बिधामा पुरस्कार जितेको चलचित्र हो। त्यस्तै यो चलचित्र नेपालको नेफ्टा अवार्ड(पुरस्कार)मा पनि १० विधामा मनोनयनमा परेको चलचित्र हो।
प्रतिक्रिया