डिसीमा जुलाई ४ उत्सव मनाउदै गर्दा गाडीबाटै संदिग्धहरुले गोली चलाउँदा ९ जना घाइते

इनेप्लिज २०८० असार २० गते ११:५० मा प्रकाशित

अमेरिकी स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ उत्सव मनाउने क्रममा वाशिंगटन डिसीमा सवारी साधनबाट चढेर आएका संदिग्धहरुले गोली चलाउँदा ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

जुलाई ५ ,बुधवार बिहान वाशिंगटन डिसीमा बासिन्दाहरूले जुलाई ४ उत्सव मनाइरहँदा गोली चलेको हो । डिसी महानगर प्रहरी विभागका अनुसार अमेरिकाको राजधानीको उत्तरपूर्वी भागमा रहेको मीड गल्ली (स्ट्रिट)मा बिहान १ बजेभन्दा केही समय अगाडि गोलीबारी भएको हो।

एक प्रारम्भिक अनुसन्धान अनुसार कालो रंगको गाडी (एसयूभी) उक्त क्षेत्रमा गुडिरहेको थियो । रोकियो र यसले जुलाई ४ मनाउँदै बाहिर रहेका केही बासिन्दाहरूको दिशामा गोली चलाएको महानगरीय प्रहरी विभागका सहायक प्रमुख लेस्ली पार्सनले एबीसी न्यूजले बताए।

सबै नौ जना पीडितहरू खतरामुक्त छन् । चोटपटक लागेकाहरुमा क्रमस दुई जना बालबालिका रहेका छन् जसको उमेर ९ र १७ वर्षको रहेको पार्सन भने।

केही पीडितहरूलाई रुग्ण वाहिनी (एम्बुलेन्स)हरू मार्फत क्षेत्रीय अस्पतालहरूमा लगिएको र केहीले आफैं उपचार खोजेको उनले बताए ।

गोली प्रहार लक्षित हमला भएको देखिन्छ र प्रहरीले संदिग्ध गाडीको खोजी गरिरहेको एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया