काठमाडौं, असार १९, २०८० ।
श्रमिक बरालको शब्द, दीपक शर्माको सङ्गीत र मेलिना राई र ध्रुब विस्कोको स्वर रहेको युगल गीत “ब्युटी पार्लर” एक करोड भ्युको नजिकै पुगेको छ । यस गीतको म्युजिक भिडियो शुभ मेडिया होमको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोमा प्रियन्का कार्की, पल शाह र सकिना इटनीको अभिनयका साथ कोरस नृत्य रहेको छ । यस गीतको म्युजिक भिडियोको निर्देशन सरोज वलीले गरेका छन् । यस गीतको एरेन्ज उदयराज पौडेलको, मिक्सिङ र मास्टरिङ श्यामश्वेत रसाइलीको, रेकर्डिङ अनिल अधिकारीको रहेको छ । सन् २०१९ को जुनमा गज्जबको टिभि युट्युब च्यानलमार्फत् सार्वजनिक भएको यस म्युजिक भिडियोको भ्यु बिस्तारै बिस्तारै बढ्दै गएको थियो । भ्यु बढाउन अन्य वैकल्पिक उपाय नअपनाइएको यस गीतले बिस्तारै बिस्तारै दर्शन तान्न सफल भएको देखिन्छ ।
प्रतिक्रिया