एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले आयोजक मलेसियाको सामना गर्दै, उपाधि ह्याट्रिकको लक्ष्यमा नेपाल

इनेप्लिज २०८० असार १९ गते १:५५ मा प्रकाशित

काठमाडौ, एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले आज आयोजक मलेसियाको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल बिहान ७ः१५ देखि बायुएमास ओभलमा सुरु हुँदैछ ।

नेपाल सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै फाइनल पुगेको हो । यस्तै, मलेसियाले सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गर्‍यो ।

हालसम्म दुईपटक उपाधि जितिसकेको नेपाल आज पनि च्याम्पियन बन्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

नेपालले पछिल्लोपटक २०१९ मा थाइल्याण्डमा भएको यू–१६ इष्ट जोन कपको फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।

यसपटक नेपाल मलेसियालाई नै हराउँदै उपाधि ह्याट्रिक गर्न चाहन्छ । मलेसिया घरेलु मैदानको फाइदा उठाउँदै पहिलोपटक उपाधि जित्ने लक्ष्यमा छ ।

यद्यपि नेपाललाई हराउँदै उपाधि जित्न मलेसियालाई सहज छैन । ऊ समूह चरणमा नेपालसँग ८४ रनले पराजित भएको थियो ।

प्रतिक्रिया