एक दर्जन भन्दा बढी समर्थक उम्मेदवारहरू सहित आज डा. अर्जुन बंजाडेको चुनाबी सभा कोलोराडोमा

इनेप्लिज २०८० असार १५ गते १४:५५ मा प्रकाशित

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरीकाको निर्बाचन प्रकृयाको उम्मेदवारी मनोनयन दर्ता प्रकृया सकिए संगै डा. अर्जुन वंजाडेले आफ्नो चुनाबी अभियानलाई तिब्रता दिएका छन्। उनको चुनाबी सभा तथा अन्तरकृया कार्यक्रम आज शुक्रबार सॉझ कोलोराडो राज्यको डेनभर शहरमा हुंदैछ।

अमेरीकाको सबै भन्दा पुरानो संस्था एएनएको सम्मेलनको पूर्बसंध्यामा हुनलागेको उक्त भेटघाट कार्यक्रममा सैयौ ब्यक्तिहरूको उपस्थिति रहने अनुमान गरिएकोछ।

उक्त कार्यक्रमका संयोजक एवं उपाध्यक्ष (युवा) का उम्मेदवार आरसी पन्तका अनुसार उक्त कार्यक्रमलाई भाषण-भुषणको पुरानो तरिका भन्दा पनि अन्तरकृयात्मक तरिकाले संचालन गरिनेछ जहॉ सहभागीहरूसंग उम्मेदवारहरूले प्रत्यक्ष सम्बाद गर्नेछन्।

डा. अर्जुन वंजाडेको उक्त चुनाबी सभालाई साथ दिन एक दर्जन भन्दा बढी उनी समर्थक अन्य उम्मेदवारहरू पनि डेनभर कोलोराडो आउनलागेको कुरा उक्त कार्यक्रमको संयोजक एवं हालका वहालवाला एनआरएनए च्याप्टर अध्यक्ष पन्तले जानकारी गराएका छन्।

उक्त कार्यक्रममा उपस्थित हुने एनआरएनएका उम्मेदवारहरूः
अध्यक्षः डा. अर्जुन वंजाडे
बरिष्ठ उपाध्यक्षः बिकाश उप्रेती
उपाध्य़क्षः ज्ञानेन्द्र गुरूंग
उपाध्यक्षः प्रेम तामॉग
उपाध्यक्षः नेत्र पॉण्डे
उपाध्यक्ष (युवा): आरसी पन्त
सचिवः दिपक सापकोटा
सचिब (महिला): शान्ती वाग्ले पौडेल
युवा संयोजकः तेज पौडेल (बिनोद)
महिला संयोजकः सुनिता खत्री
बोर्ड अफ डायरेक्टर: संजय सिंह
बोर्ड अफ डायरेक्टरः श्रीकृष्ण गौतम

साथै,
आईसीसी सदस्यहरूः
१. पदम ठकुराठी
२. क्षत्र गुरूंग
३. डा. शंकर बिसुन्के

एनआरएनए अमेरीकाको निर्बाचन आयोगले निकालेको सूचना अनुसार अधिकॉश च्याप्टरमा डा. बन्जाडे समर्थक उम्मेदवारहरू निर्बिरोध निर्बाचित भैसकेकाछन्। डा. बन्जाडेको आगामी चुनाबी कार्यक्रम अर्को सप्ताहन्त न्यूयोर्क/बोस्टन/न्यू-ह्याम्सरमा हुन लागेकोछ।

प्रतिक्रिया