खतरनाक एक्सन ले भरिएको कन्धार

नवीन रायमाझी २०८० असार १४ गते १०:४४ मा प्रकाशित

फ़ेलोन (२००८), सट कलर (२०२७), ग्रीनल्यान्ड (२०२०) जस्ता सिनेमा निर्देशन गरेर आफ्नो छुट्टै पहिचान बनाएका रिक रोमन वा ले आफ्नो पछिल्लो सिनेमा “कन्धार” मा उच्चस्तर को प्रबिधि प्रयोग गर्नुको साथै एक से एक महँगा कलाकार हरुलाई अभिनय गराएका छन्, तर स्क्रिप्ट मा ध्यान नदिएर वा दिन नसक्दा सिनेमा नुन खल्लो तरकारी जस्तो भएको छ. पछिल्लो महिना सिनेमा हल हरुमा रिलिज भएर अपेक्षाकृत सफलता हासिल गर्न नसकेको यो सिनेमा लाई अमेजन प्राइम भिडियो लगायत का ओ टी टी प्लेटफर्म हरुमा पुन रिलिज गरिएको छ।

सिनेमाको कथा इरान बाट सुरु हुन्छ. अमेरिका ले आफ्नो योग्य सी आइ ए एजेन्ट टम ह्यारिस (जेरार्ड बटलर) लाई इरान को आणविक अनुसन्धान केन्द्र ध्वस्त पार्न पठाउँछ. यो योजना सफलतापुर्बक समाप्त पारेर टम ह्यारिस दुबई को बाटो हुँदै आफ्नो घर लन्डन आउन लागेको समयमा बीच बाटै मा अमेरिकी सरकार ले अफगानिस्थान अर्को योजना मा जाने निर्देशन दिन्छ, जसको लागि उसलाई मोटो पारिश्रमिक प्रदान गरिएको छ. यो पटक टम ह्यारिस सँगै भाषा सहयोगी को रुपमा मोहम्मद (नवीद निगहबान) लाई पनि पठाइएको छ/ टम ह्यारिस हेरात को बाटो अफगानिस्थान प्रबेश गर्छ तर त्यसै समय टेलिभिजन हरुमा इरान को आणविक अनुसन्धान केन्द्र बिस्फोट गर्ने मान्छे यो हो भनेर टम ह्यारिस को फोटो देखाइन्छ. जब इरानी र पाकिस्थानी सरकार लाई टम ह्यारिस अफगानिस्थान मा रहेको थाहा हुन्छ, पाकिस्थानी सरकार को तर्फ बाट एजेन्ट काहिल नसीर (अली फजल) लाई टम ह्यारिस लाई पक्राउ गर्ने जिम्मेवारी दिइन्छ. के काहिल नसिर टम ह्यारिस लाई पक्राउ गर्न सफल हुन्छन त्यसको जवाफ पाउन सिनेमा नै हेर्नुपर्छ।

सुन्दर लोकेसन, मुटु हल्लाउने एक्सन र भिज्युल तथा स्पेसल इफेक्ट्स हुँदा हुँदै पनि स्क्रिप्ट ले दर्शक को ध्यान तान्न र पात्र हरुको चरित्र चित्रण सिलसिलेवार ढंग बाट हुन् नसक्दा दर्शा हरु बेला बेला मा अल्मल्लिन सक्छन, यो निर्देशक को कमजोरी हो. सिनेमा को कथा पुर्ब सैनिक अधिकारी मिचेल लाफॉर्च्यून ले आफु अफगानिस्थान मा कार्यरत हुँदा को अनुभब लाई आधार मानेर लेखेका हुन्, जो सन्तोषजनक मात्र छ. सिनेमोटोग्राफ़र मेक ग्रेगर ले धेरै जसो दृश्य अँध्यारो मा खिचेका छन्. डेभिड बुकले को सङ्गीत र डायन हर्सले को एक्सन अत्यन्तै उच्च स्तर को छ. कलाकार हरुको अभिनय को कुरा गर्दा सिनेमा मा सबै महँगा र सुपर स्टार भएको कारण सबैको अभिनय सन्तोषजनक छ भन्न सकिन्छ।

एउटा राम्रो वृत चित्र निर्माण गर्न सकिने कथा लाई कथानक सिनेमा बनाएर निर्देशक ले आफ्नो इच्छा पुरा गरेका छन् तर पंक्तिकार को बिचार मा समग्र रुपले दर्शक हरुलाई धोका भएको छ. यति हुँदा हुँदै पनि तपाईं एक्सन सिनेमा को पारखी हुनु हुन्छ भने एक पटक हेर्दा मनोरन्जन हुने कुरा लाई नकार्न सकिन्न।

@twitter#naviinr

नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया