अमेरिकी गायिका तथा गीतकार म्याडोनालाई “गम्भीर जीवाणु संक्रमण ” हुँदा अस्पताल भर्ना भएकी छिन । उनका प्रवन्धकले म्याडोनालाई “गम्भीर ब्याक्टेरिया संक्रमण” भएकोले अस्पताल भर्ना गरिएको बताए ।
गायिका म्याडोनालाई गत शनिबार “गम्भीर जीवाणु संक्रमण” को विकास पछि सघन कक्ष (आईसीयू)मा धेरै दिन बिताएकी उनको प्रबन्धकले घोषणा गरेका छ ।
“उनको स्वास्थ्यमा सुधार भइरहेको छ, यद्यपि उनी अझै पनि चिकित्सा हेरचाहमा छिन्,” गाय ओसेरीले बुधबार भने । उनि पूर्ण निको हुने अपेक्षा गरिएको छ।”
संक्रमणको प्रकार र उनको निको हुन कति समय लाग्ने भन्ने बारेमा उनले विवरण दिएका छैनन भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।
ओसेरीले ग्रामी पुरस्कार विजेता म्याडोनाले उनको आगामी कार्यक्रम जुलाई १५ मा भ्यानकुभर, क्यानडामा प्रदर्शन हुने तय गरिएकोले त्यसलाई अब रोक्नु पर्ने बताएका छन् ।
यो भ्रमणले ६४ वर्षीय म्याडोनालाई उत्तरी अमेरिका, युरोप र बेलायतका शहरहरूमा लगभग छ महिनाको अवधिमा ८४ वटा प्रदर्शनका साथ ल्याउने तयारी गरेको थियो।
प्रतिक्रिया