पोखरामा जुस खुवाएर मानिसहरुलाई बेहोस बनाउने र सुन चोरेर भाग्ने गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
विभिन्न वहाना बनाएर मानिसहरुलाई झुकाएर सुन चोर्ने उदेशय्का साथ् गलत गतिविधिमा संलग्न भएको आरोपमा सिन्धुली जिल्ला दुदौली बस्ने ४४ वर्षका बिशाल तमाङलाई पक्राउ गरेको छ ।
यस्तो छ घटनाको प्रकृति ! पिडित जित बहादुर गुरुङ दिउसोको ३ बजेको समयमा पोखरा महानागरपालिका वडा न १० को अमरसिंह चोकमा एक घडी पसलमा घडी बनाउन गएका थिए । भूपू शैनिक समित रहेका गुरुङको नजिकै एकजना अन्जान ब्यक्ती नजिकै आउछन र कुरा गर्ने प्रयास गर्छन ।
उक्त व्यक्तीले ‘ मेरो बुवा पनि भूपू शैनिक हुनुहुन्छ र म तपाईलाई मेरो बुवासँग भेटाईदिन्छु , तपाई मेरै बुवा संगै काम गरेको हुनहुन्छ जस्तो लाग्यो ‘ भन्दै मन जित्छन र भोली भेट्ने भनेर विदा हुन्छन । भोलिपल्ट वुवा आउनुभएको छ हजुर बजार आउनु भनेर बोलाउछन र त्यहा केहि समय कुराएर राख्छन ।
गर्मीको समयमा जुस खाम होला बुवा आउदै हुनुहुन्छ भनेर गुरुङलाई जुस खानुस बुवा भनेर दिन्छन र आफु पनि जुस खाए जसरी अभिनय गर्छन । अघिल्लो दिन मा नै आफ्नो मान्छे बन्ने प्रयास गरेर मन जितेका उनले दिएको जुस गुरुङले केहि नसोची खाए र केहि समयमा उनी पुरै बेहोस भए ।
बेहोस भएर ढलेका उनको साथमा भएको सुन र सामान चोरेर अपिचित ब्यक्ती भाग्न सफल हुन्छन भने यता उनलाई कसैले पनि वास्ता गर्दैनन् । रक्सी खाएर सडकमा मातेर सुतेका होलान भनेर देख्नेले पनि नदेखे जस्तो गरेर हिडे । त्यही क्रममा गुरुङका आफन्तले देखेपछि तत्काल अस्पताल लागेका थिए । अस्पताल लागेको दुई दिनपछि मात्र उनको होस् आएको थियो ।
प्रतिक्रिया