रुसले युक्रेनको क्रामाटोर्स्कमा क्षेप्यास्त्र आक्रमण गर्दा मृत्यु हुनेको संख्या १० पुगेको छ भने ६१ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
मङ्गलबार पूर्वी युक्रेनी सहर क्रामाटोर्स्कमा रुसको क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको संख्या तीन बालबालिकासहित १० पुगेको युक्रेनी राष्ट्रिय प्रहरीले टेलिग्राममा जनाएको छ।
६१ जना घाइते भएको प्रहरीले जनाएको छ ।
युक्रेनको आपतकालीन सेवाका अनुसार मारिनेहरूमा १७ वर्षीया किशोरी र १४ वर्षका जुम्ल्याहा दिदीबहिनीहरू थिए।
क्षेप्यास्त्र आक्रमणले मंगलबार साँझ क्रामाटोर्स्कको व्यस्त शहरको केन्द्रलाई लक्षित गरी आवास गृह भवन, पसल र सवारी साधन (कार)हरूले घेरिएको क्षेत्रमा प्रहार गरेको युक्रेनी अभियोजक जनरलको कार्यालयले जनाएको छ।
प्रतिक्रिया