अमेरिकामा खराब मौसमको कारणले पूर्वी तटमा १,४०० भन्दा बढी उडानहरू रद्द ,रूख ढल्दा ३ जनाको मृत्यु

इनेप्लिज २०८० असार १२ गते ११:१८ मा प्रकाशित

अमेरिकामा खराब मौसमको कारणले पूर्वी तटमा १,४०० भन्दा बढी उडानहरू रद्द गरिएको सिएनएनले जनाएको छ । समाचार अनुसार न्यूयोर्क र कनेक्टिकटबाट दक्षिण क्यारोलाइना सम्म आँधी आउने अनुमान गरिएको छ ।

अमेरिकाको पूर्वी तटले गत सोमबार देखि नै न्यूयोर्कदेखि साउथ क्यारोलिना सम्म गम्भीर आँधीबेरीको सामना गरिरहेको छ । जसले सम्भावित रूपमा ६० मिलियन अर्थात् ६ करोड भन्दा बढी अमेरिकीहरूलाई असर गर्नेछ।

सबैभन्दा ठूलो खतरा बिजुली चम्कने,चटयाङ्ग ,ठूला असिना र ७० माइल प्रति घण्टा सम्मको हावाले सबै तिर असर पारि रहेको छ ।

खराब मौसमका कारण बिमानसेवा( एयरलाइन्स)हरूले १,४०० भन्दा बढी उडानहरू रद्द गरेका छन । न्यूयोर्क शहर, बोस्टन र एटलान्टाका विमानस्थल हरू सबैभन्दा बढी प्रभावित भएका छन्।

विनाशकारी आंधीहुरी वर्षा वाशिंगटन,डीसी, फिलाडेल्फिया र न्यूयोर्क शहरमा पुग्ने अनुमान गरिएको छ । भर्जिनियादेखि न्यूयोर्कसम्म बाढीहौर आउने हुनाले चेतावनी जारी गरिएको छ।

यसैबीच टेनेसी, केन्टकी, अर्कान्सास, जर्जिया र मिशिगनमा ३ लाख भन्दा बढी ग्राहकहरू आँधीबेरीका कारण बिजुलीविहीन बस्न बाध्य भएका छन्।

लोनोके काउन्टी, अर्कान्सासमा घुम्ती घरमा रूख ढल्दा दुई जनाको मृत्यु भएको अधिकारीले एबीसी न्यूजलाई बताए । जर्जियाको फुल्टन काउन्टीमा रुखबाट ढलेर अर्का एक व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

यस साताको अन्त्यमा गम्भीर मौसमले मध्यपश्चिममा कम्तिमा २० वटा घुम्रपात (टोर्नेडो)को आएको थियो ।

प्रतिक्रिया