अमेरिकाको फ्लोरिडा र टेक्ससमा ५ जनालाई औलो

इनेप्लिज २०८० असार १२ गते १:४९ मा प्रकाशित

अमेरिकामा ५ जनालाई औलो (मलेरिया) भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार फ्लोरिडामा चार र टेक्ससमा एक जनामा लामखुट्टेबाट सर्ने रोग औलो भएको विवरण दिइएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सन् २००३ यता पहिलो पटक अमेरिकामा स्थानीय रूपमा पाँच जनामा मलेरिया (औलो )भएको पाइएको छ ।

फ्लोरिडाको सारासोटा काउन्टीमा चार जना र टेक्ससको क्यामरन काउन्टीमा एक जनामा लामखुट्टेबाट सर्ने रोगको रिपोर्ट(जानकारी ) गरिएको राज्य अधिकारीहरूले बताए । क्यामरन काउन्टी टेक्ससको सबैभन्दा दक्षिणी काउन्टी हो ।

फ्लोरिडाको स्वास्थ्य विभागबाट सोमबार जारी गरिएको बिज्ञप्तिमा सबै चार फ्लोरिडाका बिरामीहरूलाई “उपचार गरिएको र निको भएको ” जनाईएको छ ।

त्यहाँका बासिन्दाहरूलाई “बग स्प्रे ( किट नाशक फोहोरा )लागू गरेर सावधानी अपनाउन, लामखुट्टेको बाहुल्यता भएको ठाउँबाट बच्न, र सम्भव भएसम्म लामो लुगाहरु लगाएर सावधानी अपनाउन सल्लाह दिइएको छ ।

साथै विशेष गरी सूर्योदय र सूर्यास्तको समयमा जब लामखुट्टे धेरै सक्रिय हुने स्वास्थ्य विभागले बताएको छ ।

पछिल्लो पटक स्थानीय रूपमा प्राप्त टेक्ससमा भएका घटनाहरु सन् १९९४ र २००३ मा पाम बीच(शहर) फ्लोरिडामा भएको रोग नियन्त्रण र रोकथाम केन्द्र(सिडीसी)ले जनाएको छ ।

औलो (मलेरिया )परजीवी बोक्ने लामखुट्टेले मानिसलाई टोक्दा यो रोग लाग्ने सिडीसीले जनाएको छ। मलेरिया संक्रामक होइन र व्यक्ति-व्यक्तिमा फैलिन सक्दैन भनि सूचना जारी गरेको छ । यसका लक्षणहरूमा ज्वरो, चिसो, मांसपेशी दुखाइ, वाकवाकी ,टाउको दुखाइ र रक्तअल्पता हुने हुन्छ ।

प्रतिक्रिया