अमेरिकामा पवन विश्वकर्मा र डा. अनुपमा विकेको विवाह सम्पन्न

इनेप्लिज २०८० असार ११ गते ११:२७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीका अध्यक्ष साहित्यकार पदम विश्वकर्माको सुपुत्र पवन विश्वकर्माको विवाह काठमाडौं निवासी एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका अध्यक्ष गोपालप्रसाद विश्वकर्माकी सुपुत्री डा. अनुपमा विकेको विवाह अमेरिकाको कोलोराडोमा विभिन्न गतिविधिकासाथ भव्यरुपमा सम्पन्न भएको छ । उक्त अवसरमा बर बधुलाई आर्शिवाद दिन नेपाल लगायत अमेरिकास्थित कोलोराडो र विभिन्न राज्यहरुबाट विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

विश्वकर्माले युनिभर्सिटी अफ बोल्डर, कोलोराडोबाट ग्रयाजुट गरेका हुन् र उनी उक्त युनिभर्सिटीका नेपाली विद्यार्थी एसोसिएशनका अध्यक्ष थिए । साइबर सेक्युरिटीमा युनिर्भसिटी अफ कोलोराडोबाट मास्टर्स गरेका उनी हाल कोलोराडो राज्य सरकारको साइबर सेक्युरिटी विभागमा कार्यरत छन् । यस्तै टेक्सासस्थित Baylor Medical College मा Chief of Fellow डा. अनुपमा बिकेले उक्त कलेजमा उत्कृष्ट भइ MD, DM मा Chief of Fellow मा इन्ट्रोभेन्सनल कार्डियोलोनिष्ट हुन् ।

प्रतिक्रिया