मिजौरीको क्यान्सस सिटी(शहर)सवारी साधन अड्डा (पार्किंग)मा गोली चल्दा ३ जनाको मृत्यु , पाँच जना घाइते

इनेप्लिज २०८० असार ११ गते ११:१९ मा प्रकाशित

अमेरिकाको मिजौरीको क्यान्सस सिटी(शहर)सवारी साधन अड्डा (पार्किंग)मा गोली चल्दा ३ जनाको मृत्यु भएको छ ।बन्दुकधारीले ८ जनालाई गोली हानेका थिए भने जस मध्ये ३ जनाको मृत्यु भएको शेरिफ कार्यालयले जनाएको छ ।

आइतबार बिहानै गोली हानाहान भएको थियो । ज्याक्सन काउन्टी शेरिफको कार्यालयका अनुसार आइतवार बिहान मिजौरी राज्यको क्यान्सस सिटीको सवारी साधन अड्डामा भएको गोलीकाण्डमा कम्तिमा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

ज्याक्सन काउन्टी शेरिफ ड्यारिल फोर्टेले आइतबार बिहान ट्विट गर्दै क्यान्सास शहरको शहरको केन्द्र बिन्दु (डाउनटाउन)को दक्षिणपूर्वमा ४:३० बजे हिंसा भएको बताएका छन् ।

फोर्टका अनुसार अधिकारीहरूलाई गोलाबारीको सूचनाको अनुसन्धान गर्न बोलाइएको थियो । तीन जना पीडितहरू मध्ये दुई पुरुष र एक महिला सवारी साधन अडान क्षेत्रको दक्षिणमा रहेको सडकमा मृत फेला परेका थिए।

अहिले सम्म कसैलाई पक्राउ गरिएको छैन। अन्य पाँच जनालाई एम्बुलेन्स (रुग्नवाहिनी )वा निजी सवारी साधनहरूद्वारा अस्पताल लगिएको थियो। सबैको स्वास्थ्य अवस्था ठिक रहेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

फोर्टका अनुसार प्रारम्भिक प्रमाणले गोली चलाउँदा उक्त क्षेत्रमा मानिसको ठूलो जमघट रहेको बताए । जासूस र अपराध स्थल अन्वेषकहरूले घटनास्थलमा साक्षीहरूको अन्तर्वार्ता र प्रमाणहरू सङ्कलन गरिरहेको उनले बताए ।

तस्बिर कृतज्ञता : केएसएचबि

प्रतिक्रिया