मेरिल्याण्डमा हुने अमेरिकन सोसाइटी अफ नेपालिज इन्जिनियर्सको १६ औ बार्षिक सम्मेलनबारे पत्रकार सम्मेलन

इनेप्लिज २०८० असार ११ गते १:४४ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको मेरिल्याण्डमा आगामी जुलाई २९-३० मा आयोजना गरिने अमेरिकन सोसाइटी अफ नेपालिज इन्जिनियर्सको १६ औ बार्षिक सम्मेलनबारे पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

पत्रकार सम्मेलनमा बार्षिक सम्मेलनका संयोजक राजु जोशीले दुई दिने सम्मेलनमा हुने कार्यक्रमको बारेमा प्रकाश पारे । यो दोश्रो पुस्ताको साथै इन्जिनियरिंग (अभियन्त्रणा) पेशामा अध्ययनरत बिधार्थी र अध्ययन समाप्त गरेका समेतलाई संस्थाको संजाल(नेटवर्किङ्ग)ले लाभ पुर्याउने ,संस्था र सदस्यहरुको माध्यमद्वारा रोजगारको खोजमा समेत समन्वय र सहयोग गर्ने बताए । र ,उनले सबैलाई सहभागिता हुन् आह्वान गरे । जोशीले यो सम्मेलनले १५०-२०० सम्म अभियन्ता(इन्जिनियर्स) बैज्ञानिक ,सूचना प्रविधिका बिज्ञ ,बिधार्थी र प्राविधिकहरुलाई जोड्ने बताए ।

पत्रकार सम्मेलनको प्रारम्भ अमेरिकन सोसाइटी अफ नेपालिज इन्जिनियर्सका उपाध्यक्ष मंगल महर्जनले सम्मेलन र संस्थाले बिगतमा सम्मेलनमा गरेका कार्य ,उपलब्धिको साथै योजनाहरुको बारेमा चर्चा गरेका थिए । उनले यो सहभागीहरुले सम्मेलनमा सहभागी हुँदा प्राविधिक सत्र ,वक्ताहरुको बहस तथा मुख्य वक्ताहरुको महत्वपूर्ण बिषयमा प्रस्तुत हुने चिजहरु सुन्न र जान्न पाइने हुँदा यो अवसर छोड्नु नहुने बताए ।

यस बर्षको मूल नारा आर्थिक उन्नतिको लागि विज्ञान र प्रविधिलाई एकीकृत गर्नु रहेको सम्मेलन संयोजक राजु जोशीले बताए । सम्मेलनका प्राविधिक सभापति उपेन्द्र पौडेलले दुई दिन सम्म चल्ने सममेलनमा हुने प्राविधिक सत्रहरुका बारेमा जानकारी गराए । त्यसै गरि स्थानीय सभापति सागर खड्काले अन्य बिबिध बिषयमा बोल्दै सम्मेलनलाई पूर्ण रुपमा सहयोग गर्ने वाचा गर्दै सफल बनाउन उनले सबैमा आग्रह समेत गरे ।

साथै ओहायो राज्यबात आएका अध्यक्ष सूर्य थापाले नेपालमा संस्थाले बिगतमा गरेका कार्यको चर्चा गर्नुको साथै भावी योजना र परियोजना समेतको जानकारी गराएका थिए । थापाले सबैलाई सम्मेलनमा सहभागी हुन् आह्वान समेत गरे ।

साथै पत्रकारहरुले सोधेका जिज्ञाशाका उत्तरहरु क्रमस सम्मेलन संयोजक राजु जोशी ,अध्यक्ष सूर्य थापा, उपाध्यक्ष मंगल महर्जन ,सागर खड्का ,उपेन्द्र पौडेल ,कूल आचार्य लगायतले दिएका थिए । सम्मेलन संयोजक जोशीले छिट्टै आफ्नो नाम दर्ता गराउनुको साथै कोठाहरु आरक्षण गर्न अनुरोध गरे ।

सम्मेलन अझै एक महिना बाकि रहेकोले थुप्रै कुराहरु गर्न बाकि रहेकोले थप जानकारी पछि गराइने समेत बताईएको छ ।

साथै सम्पूर्ण जानकारी लिन चाहनेहरुका लागी संस्थाको आधिकारिक संजालस्थल(वेबसाइट)हेर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया