बाथटवको वशियतनामा

इनेप्लिज २०८० असार १० गते १०:५७ मा प्रकाशित

-डा. दामोदर पुडासैनी किशोर

बाथटवमा
पिड• खेलिरहेको पृथ्वी
आकाशमा शयर गर्ने विचार गर्दैछ

बलेशीका फोकाहरूमा
चित्र बनाउँदै
उकालो चढिरहेछु म
बाफका गुजुल्टाहरूसँगै

उल्काहरू बेपर्वाह झरिरहेछन्
एशिडको किनारतिर थिग्रिँदैछन् जलकण
नयाँ भूगोलको जग हाल्दा हाल्दै
म आफैँ
ग्लेशियरमा बिरूपाक्ष पुरिएर
नुनिला चट्टान चाटिरहेछु

सम्बन्धहरू ज्याकेटझैँ खोलिएका छन्
फेरिएकाछन् गमबुट र टोपिहरू
भत्काइँदैछन् सँसारका सबै पर्खालहरू

नक्कली धूपिको फेदमा
गुटुमुटु पारेर राखिएको अण्डरवेयर र भेष्ट
चिठी ओसारपसार गर्ने रूपीका नड•्ग्राहरूले घिसारेका थिए
बेख़बर बनेको छ यो साँझ

पानीका चट्टानभित्र
आँधिबेहरी र चट्याँड•को खैलाबैला छ
लाभा र म्याग्माको रूपमा
टक्कराइरहेछ मान्छेको मखुण्डो
बाटाहरू सबै बेकामका भैसके
बाथटवमा तैरिएर

उज्यालोका फोहरा छोडने जिम्मेवारी
अहिले भर्खरै मेरो काँधमा बोकेकोछु
काँधको जिम्मेवारी काकाकुल नवनाउँन
उठाएको छु मैले प्याजी रँगको पहिलो छडी

छटपटिको अँगेनामा
कामका
मामका
मायाका
चिल्थराहरू हुरहुरति बालिरहेछन् झुण्ड झुण्डले
म अग्नीज्वाला उचालेर
सिँगारिरहेछु मायाका कसम र मामका चोइलिहरूलाई

वार्म ब्ल्याँकेट ओडेर
अग्नीधारा चपाउँदैछन् तिम्रा पाइतालाले
म स्कायरहरू निर्माण गरेर
नीला पहाडहरू पौडेको छामिरहेछु

मैले भर्खरै
एउटा सूर्य निर्माण गरेकोछु
त्यसका बच्चा कोरल्ने वशियतनामा
तिम्रो नाममा लेखेको छु

-२०८०जेठ २७गते शनिवार
फ्रिस्को, टेक्सस, अमेरिका

प्रतिक्रिया