कंचनपुर ईन्चाज पालको बिदाइ, कैलाली ईन्चार्ज रानाको कञ्चनपुरमा स्वागत

वीरेन्द्र रावल २०८० असार ९ गते २३:२२ मा प्रकाशित

महेन्द्रनगर ,असार ९÷नेकपा एमाले कंचनपुरको पुर्ण बैठक सनिवार महेन्द्रनगरमा सप्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रीय सचीव एवं लम्बिनी प्रदेशका इन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको विशिष्ट अतिथि नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं सुदुरपस्चिम प्रदेसका इन्चार्ज छबिलाल बिस्वकर्मा रहेका थिए ।

बैठकमा यस अघि कैलाली जिल्लाको इन्चार्ज रहेका नारदमुमि रानालाइ कंचनपुर जिल्लाको इन्चार्जको रुपमा स्वागत गरिएको थियो भने यस अघि कंचनपुर जिल्ला इन्चार्ज रहेकी एमाले पोलिट्ब्युरो सदस्य निरु देबि पाललाइ बैतडी जिल्ला इन्चार्जको रुपमा जिम्मेवारी दिइनुका साथै बिदाइ समेत गरिएको थियो ।


एमालेका स्थायी समितिका सदस्य एवं सुदुरपस्चिम प्रदेशका इन्चार्ज छबिलाल बिस्वकर्माले बैतडी जिल्ला इन्चार्ज वन्नु भएकी निरुदेबी पाललाइ दोसल्ला ओढाएर बिदाइ गर्नु भएको थियो ।कंचनपुर जिल्लाकी तत्कालीन इन्चार्ज निरुदेबी पालले कंचनपुर इन्चार्जको जिम्मेवारी पाएका एमाले पोलिट्ब्युरो सदस्य नारदमुनी रानालाइ माइन्युट हस्तान्तरण गरेर स्वागत गरेकी थिइन ।

बैठकमा एमालेका पोलिट्ब्युरो सदसस्य,केन्द्रीय सदस्री देखि लिएर जिल्ला कमिटिका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

एमाले कंचनपुर जिल्ला सचिव पल्ब भट्टले संचालन गरेको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष सुरेन्द्र बिस्ट्ले गरेका थिए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया