रिलिज पुर्ब नै अनेकौं बिबाद मा परेको र निर्माण पक्ष बाट बाल्मिकी रामायण मा आधारित पौराणिक एक्सन सिनेमा दाबि गरिएको “आदिपुरुष” शुक्रबार (१६ मे) को दिन रिलिज गरिएको छ। अन्याय माथि न्याय को जित को कथा लाइ निर्देशक ओम राउत ले नयाँ पिंढीका दर्शक हरुको लागि आधुनिकीकरण गरेका छन् र मुख्य बिबाद यसैबाट सुरु भएको छ।
सिनेमा को कथा लंका पति रावण कि बैनी सुपर्णखाको नाक काट्ने देखी सुरु भएर रावण को मृत्यु मा गएर सकिएको छ। उपकथा को लागि पनि हामि सबैले सुनेको राम कथा नै छ तर यसलाई नाटकीय रुपमा प्रस्तुत गरिएको छ। ‘शिब धनुष भाँचेर मलाई पाएका राम ले अब राबण को घमण्ड समाप्त गर्नु पर्छ” भनेर सिता ले हनुमान सँग गरेको यो सम्बाद नै यो सिनेमा को प्रमुख कथा सार हो र सिनेमा लाइ अगाडी बढाउन हामीले सुन्दै आएको जटायु-रावण युद्ध, शबरी को कथा, बाली-सुग्रीव युद्ध, रामसेतु को निर्माण, हनुमान द्वारा संजीवनी बूटी ल्याउन पाहाड नै बोकेर ल्याउने, इंद्रजीत र मेघनाद वध जस्ता सबै प्रसँग देखाइएको छ।
सिनेमा को कथा पौराणिक भएकोले कलाकार हरुको अभिनय भन्दा पनि उनीहरु त्यो रुपमा देखिन्छन वा देखिन्नन् भन्ने बिषय प्रमुख हुन् जान्छ। पंतिकार ले भने राम ( प्रभास), सीता ( कृति सेनन), रावण (सेफ अलि खान), हनुमान (देबदत्त नागे), सुपर्णखा (तेजस्विनी पण्डित) आदि कसैलाई पनि त्यो रुपमा ग्रहण गर्न सकेन। सन्चित र अन्कित बल्हारा को पार्श्व सङ्गीत उच्च स्तर को भए पनि अजय अतुल को सङ्गीत मा कुनै पनि गित वा भजन ले दर्शक हरुलाई छुन सक्दैन/ आधुनिक प्रबिधि बि एफ एक्स को माध्यम द्वारा जनावर सक्कली जस्तै देखिएको छ र क्लाइमेक्स को युद्ध अत्यन्तै आकर्षक लाग्छ।
सिता भारतमा जन्मेकी हुन् भन्ने सम्बाद सिनेमा मा भएको र काठमाडौँ महानगर पालिका का मेयर बालेन साह ले उक्त सम्बाद लाइ नसच्चाए सिनेमा चल्न नदिने भने पछि त्यो सम्बाद लाइ सच्चाइएको भन्ने समाचार आए पनि त्यो सम्बाद कुन दृश्य मा देखाइएको र सच्चाइएको हो त्यो भेउ पाउन सकिएन, जो पंतिकार को कमजोरी हो यसको साथै केहि सम्बाद हरु अत्यन्तै तल्लोस्तर को छ र त्यसको लागि सम्बाद लेखक मनोज मुन्तसिर जिम्मेवार छन्, झनै मुन्तसिर ले भारतीय टेलिभिजन हरुलाई नेपाल भारत को एक भाग भएको दाबि गरे बाट उनि मानसिक रोगि हुन् कि भन्ने शंका गर्न सकिन्छ।
बिशेष गरेर हिन्दु धर्मालम्बी हरुको आस्था को कथा लाइ यस्तो गाइजात्रे तरिका बाट प्रस्तुत गरेर निर्देशक राउत सत प्रतिसत असफल भएका छन्।”सिनेम्याटिक लिबर्टी” को नाम मा दर्शक हरु सँग यो प्रकार को भद्दा मजाक निर्देशक राउत ले किन गरे त्यो उनलाई नै जानकारी होला तर दुइ घण्टा ५९ मिनेट लामो यो सिनेमा हेर्नु भनेको समय र पैसा दुबैको बर्बादी हो अर्थात यो सिनेमाले कुनै कोण बाट पनि ज्ञान र मनोरन्जन दिन सक्दैन।
@twitter#naviinr
नवीन रायमाझी
प्रतिक्रिया