नेपाली समाज टेक्ससका अध्यक्ष वाग्लेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई कन्सुलर कार्यालय राख्नेबारे ध्यानाकर्षण-पत्र बुझायो

इनेप्लिज २०८० असार ६ गते २३:३२ मा प्रकाशित

नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई टेक्सस राज्यमा कन्सुलर (वाणिज्य दुताबास सम्बन्धि )कार्यालय राख्ने बारे मागपत्र बुझाएको छ । अमेरीकाको विभिन्न राज्यहरु मध्ये टेक्ससमा नेपालीहरुको बढ्दो जनघनत्व र कन्सुलर सेवाको मागलाई दृष्टिगत गर्दै टेक्ससमा स्थायी नेपाली कन्सुलेट स्थापनाको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण-पत्र प्रतिनिधिमण्डलले बुझाएको छ ।

औपचारिक तथ्याङ्कहरु नभएता पनि अमेरिकामा करिब चार लाख नेपालीहरु अमेरिकामा बसोबास गर्ने अनुमान गरिएको छ भने हाल अमेरिकामा सबभन्दा धेरै नेपालीहरु बस्ने राज्य टेक्सस राज्यलाई मानिन्छ । टेक्ससका ३ ठूला शहरहरु डालस,ह्युस्टन, र अस्टिनमा मात्र करिब एकलाख नेपालीहरु बस्ने अनुमान गरिएको छ। डालस शहर नेपालीहरुको सबै भन्दा बढी नेपाली भएको शहर हो ।

नेपालीहरुको बसोबास बढेसंगै उनीहरुका लागि अत्यावश्यकीय कन्सुलर सेवाको माग पनि बढ्दो नै छ। प्रधानमन्त्रीले नेपालीहरुको मागलाई सरकारले यथासंभव सम्बोधन गर्ने प्रयास गर्ने वचन दिएको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लले ईनेप्लिजलाई नेपालबाटै बताए ।

प्रतिनिधिमण्डलमा अध्यक्ष वाग्ले लगायत ,एनएसटी वरिष्ठ उपाध्यक्ष विवेक कँडेल, राजु सुबेदी, पशुपति तिमल्सिना तथा नेप्लिज एसोशियसन अफ ह्यस्टन (एनएएच)का प्रथम उपाध्यक्ष द्रोण गौतम रहेका थिए ।

प्रतिक्रिया