नेपाल हृदयरोग प्रतिष्ठान मोरङको अध्यक्षमा डा श्रेष्ठ

इनेप्लिज २०८० असार ४ गते २१:५३ मा प्रकाशित

विराटनगर,४ असार । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको १० औ साधारणसभावाट डा निकेशराज श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्य समिति यहाँ सर्वसम्मतले चयन गरिएको छ।

समितिका उपसभापतिमा विनयराज पाण्डे र डा सम्झाना प्रधान, सचिवमा सुकेश कर्ण,सह सचिवमा रीता हाडा, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ(दिनेश) रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा भविसकुमार श्रेष्ठ, मदनकृष्ण प्रधान, डा शैलजा क्षेत्री र सुनिता बज्राचार्यलाई चयन गरिएको छ।

सो अवसरमा निवर्तमान सभापति राजीव श्रेष्ठले खानपान र जीवन शैलीमा परिवर्तन गर्न सके मुटु रोगबाट हुने अकाल मृत्युबाट जोगिन सकिने धारणा राख्नु भयो ।

साधारण सभामा डा. शंकरप्रसाद अधिकारी, कोशी प्रदेश संयोजक नारायणप्रसाद श्रेष्ठले मुटु रोगबाट बच्नका लागि अत्याधिक तारेको, चिल्लो खानपानलाई नियन्त्रण गरी दैनिक व्यायाम गर्नुपर्नेमा जोड दिनु भयो ।

सो अवसरमा डा सम्झना प्रधानले सम्पादन गिरी बिक्री गरेको पुस्तकवाट आएको रु ११ हजार ६५० प्रतिष्ठानलाई हस्तानतरण गर्नु भयो ।

प्रतिक्रिया