”एटलान्टिकदेखि प्रशान्त महासागरसम्म” लोकार्पण गरिने

इनेप्लिज २०८० असार ४ गते २१:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरको आयोजनामा शरद निरोलाज्यूको प्रकाशित पुस्तक ”एटलान्टिकदेखि प्रशान्त महासागरसम्म्म” नियात्रासंग्रहको लोकार्पण कार्यक्रम हुने भएको छ । २४ जुनमा हुने उक्त कार्यक्रममा पुस्तकको समीक्षासमेत गरिने छ । सो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरको संयोजनमा भर्जिनिया राज्यको आर्लिङटनमा रहेको केन्द्रीय पुस्तकालयमा सम्पन्न गर्न तय गरिएको जनाइएको छ । लेखक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डी सी मेट्रो च्याप्टरका पूर्व अध्यक्षसमेत हुन् । उनको यो नवौं कृति हो । यात्रामा आधारित उक्त पुस्तक दायित्व वाङ्मय प्रतिष्ठान, काठमाण्डौले प्रकाशन गरेको छ ।

कार्यक्रममा डी सी मेट्रो क्षेत्रका साहित्यकार, समाजसेवी र साहित्यानुरागी व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ ।

लोकार्पण तथा समीक्षा कार्यक्रमको –

मिति :~ २४ जुन २०२३ शनिवार

समय :~ दिनको २.०० देखि ५.०० बजेसम्म

स्थान :~ Central Library

           1015 N Quincy St.

            Arlington VA 22201

-जगन्नााथ पौडेल अनेसास डीसी

प्रतिक्रिया