मध्य मिसिसिपी सहरमा घुम्रपात( टोर्नाडो)को कारण १ जनाको मृत्यु, कम्तिमा १८ जना घाइते

इनेप्लिज २०८० असार ४ गते १६:५८ मा प्रकाशित

अमेरिकाको मध्य मिसिसिपी सहरमा घुम्रपात( टोर्नाडो)को कारण १ जनाको मृत्यु भएको छ भने कम्तिमा १८ जना घाइते भएका छन ।

गत आइतवार राति अबेर राती मध्य मिसिसिपीको सानो सहर लुइनमा घुम्रपातको कारण एक जनाको मृत्यु भएको र कम्तीमा १८ जना घाइते भएका अधिकारीहरूले बताएका छन्। 

घाइतेहरूलाई उपचारको लागि क्षेत्रको अस्पतालमा लगिएको छ । 

२० देखि ३० घरहरू मुख्य रूपमा प्रभावित भएका छन ।

मध्य मिसिसिपीमा लगभग ४९ हजार मानिसहरु अझै पनि  बिजुलीबिहिन रहेका छन ।

प्रतिक्रिया