बेलुनमा विवाद पछि अमेरिकी विदेश सचिव ब्लिन्केन र चीनका राष्ट्रपति जिनपिङ बीच भेटघाट

इनेप्लिज २०८० असार ४ गते १०:५१ मा प्रकाशित

चिनियाँ नेता सी जिनपिङ र शीर्ष अमेरिकी कूटनीतिज्ञ तथा विदेश सचिव एन्टोनी ब्लिन्केन बीच सोमबार बेइजिङ्गमा भेटेघाट भएको छ । यस वर्षको सुरुमा चिनियाँ निगरानी बेलुनमा विवाद भएपछि अमेरिका-चीनको सम्बन्धलाई अझ बिग्रन नदिन र सुमधुर सम्बन्ध कायम गर्न यो भेटले निकै महत्व दिने सिएनएनले जनाएको छ ।

ब्लिन्केन पाँच वर्षमा बेइजिङको भ्रमण गर्ने पहिलो अमेरिकी विदेश मन्त्री हुन् । ब्लिन्केनले पहिले वरिष्ठ चिनियाँ अधिकारीहरूसँग वार्ता गरेका थिए ।

अन्तत्वगत्वा दुई दिने भ्रमणका क्रममा सी र ब्लिन्केनबीच भेट हुन्छ कि हुँदैन भन्ने अनिश्चितताले अमेरिका–चीनबीचको तनावपूर्ण सम्बन्धलाई थप उजागर गरेको छ ।

बेइजिङमा बैठक सुरु हुनु भन्दा करिब एक घण्टाअघि मात्रै अमेरिकाले जिनपिङ सँग भेट गर्ने सार्वजनिक रूपमा घोषणा गरेको थियो। भेटघाट आधा घण्टा चलेको थियो । ४:३४ मा सुरु भै स्थानीय समय अनुसार साँझ ५:०९ बजे समाप्त भएको विदेश विभागका एक अधिकारीले बताए।

विश्वलाई समग्रमा स्थिर चीन-अमेरिका सम्बन्ध चाहिन्छ, सीले ब्लिन्केनलाई भेटको क्रममा भनेको सिएनएनले उल्लेख गरेको छ । “चीनले संयुक्त राज्य अमेरिकाको हितलाई सम्मान गर्छ र अमेरिकालाई चुनौती दिने वा प्रतिस्थापन गर्ने छैन। त्यसैगरी संयुक्त राज्य अमेरिकाले पनि चीनको सम्मान गर्नुपर्छ र चीनको वैधानिक अधिकार र हितलाई हानि पुर्‍याउनु हुँदैन,” सीले भने ।

प्रतिक्रिया