लामो समय देखि अमेरिकाको कोलोराडोमा बस्दै आएका चिर परिचित सामाजिक अभियन्ता तथा कोलोराडो एएनए सम्मेलनका संयोजक बिनोद त्रिपाठीले एएनएको मध्यक्षेत्रको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एएनएको अध्यक्ष पदमा खगेन्द्र अधिकारी तथा वरिष्ठ उपाध्यक्षमा बिजय श्रेष्ठले उम्मेदवारी घोषणा गरे पछि लगत्तै उनले पनि आफ्नो उम्मेदारी घोषणा गरेका छन् । अत्यन्तै क्रियाशील उनि अहिले एएनए सम्मेलनलाई सफलता बनाउन अहोरात्र खटिई रहेका छन् ।
ए.एन.ए.२०२३-२०२६ कार्यकालका लागि मध्यक्षेत्रको उपाध्यक्ष पदमा आगामी जुन १७ का दिन मनोनयन दर्ता गर्ने भएका छन । उनि एनएनएका पहिला कार्यसमिति सदस्यमा २ पटक सेवा दिई सकेका छन् ।
साथै उनि स्थानीय संस्था कोलोराडोको रकी माउण्टका पूर्व अध्यक्ष समेत हुन् । त्यस्तै उनि अमेरिकामा नेपालीहरुको क्षेत्रीय संस्था आन्माको कार्यसमिति सदस्यमा कार्य गरि सकेका छन् ।
उनले सबै मतदाता,आजीवन सदस्य र सदस्य लगायत ट्रस्टी(गुठि)का सबैलाई सहयोग र समर्थन गर्न आग्रह गरेका छन् । आफै संयोजक भएकोले कोलोराडोमा हुने जुलाई १ र २ का दिन सहभागिताको लागि समेत चूलो निम्तो यसै मार्फत दिएका छन् ।
प्रतिक्रिया