फिलाडेल्फियामा ठूलो गाडीमा आगो लागेपछि राजमार्ग ९५ को एक भाग ध्वस्त ,सबै मार्गहरु बन्द

इनेप्लिज २०८० जेठ २८ गते १७:०६ मा प्रकाशित

अमेरिकाको फिलाडेल्फिया राज्यमा एक ठूलो गाडीमा आगो लागेपछि अन्तरराज्यीय राजमार्ग ९५ को एक भाग ध्वस्त भएको छ । जसको कारण सबै मार्गहरु बन्द गरिएको छ ।

आपतकालीन प्रेषकहरूले आइतवार बिहान ६:२२ मा राजमार्ग ९५ को एक तर्फी मात्र प्रवेश गरि मुख्य राजमार्गमा पुग्ने मार्गमा (अफ-र्याम्प)मा दुर्घटना भएको जानकारी प्राप्त गरेका थिए ।

फिलाडेल्फिया अग्नि नियन्त्रण वाहिनीका ( फायर बटालियन) प्रमुख डेरेक बोमरका अनुसार जब दमकलहरू घटनास्थलमा आइपुगे,उनीहरूले आई-९५ (राजमार्ग )को हवाई पूल (ओभरपास) मुनि एउटा गाडीमा ठूलो आगो लागेको फेला पारेका थिए ।

राजमार्ग उत्तरतर्फको मार्ग (लेन)हरूमा पूर्ण रूपमा भत्किएको भने दक्षिणतर्फका सबै मार्ग (लेन)हरू खुला रहेको बोमरले भने।

दुर्घटना फिलाडेल्फियाको ट्याकोनी खण्डको एकाडेमी सडक निकास ३२ र कोटम्यान एभिन्यू(मार्ग )को ३० को बीचमा भएको थियो एबीसी फिलाडेल्फिया डब्लुपिभिआईले समाचारको विवरण दिएको छ ।

पेन्सिलभेनिया यातायात विभागका अनुसार कोटम्यान एभेन्यु (मार्ग)तथा रन मार्गमा रहेको निकास ३२ र निकास ३० को बीचको दक्षिण तर्फका मार्गहरु समेत बन्द भएका छन ।

एबिसी न्यूजका अनुसार आई -९५ अर्थात् अन्तरराज्य ९५ लामो समयको लागि बन्द रहने अपेक्षा गरिएको छ । दक्षिणतर्फको हवाई पुल (ओभरपास) नाजुक अवस्थामा रहेको समेत स्थानीय पत्रिकाले समाचार लेखेको छ ।

आगो यति ठुलो थियो कि यसले राजमार्गको उत्तरतर्फ र दक्षिणतर्फको दुबै मार्गहरूलाई ओगटेको थियो। सामाजिक सञ्जालमा प्रकाशन गरिएका अन्य अङ्किय दृश्य (भिडियो)हरूले राजमार्गमा कालो धुवाँका ठूला आकाशमा जम्मा भएको देखिन्छ ।

यातायात विभागका मन्त्रि पीट बुटिगिग र पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले विज्ञप्ति जारी गर्दै उनीहरूले दुर्घटनाको नजिकबाट निगरानी गरिरहेको जनाएका छन् ।

प्रतिक्रिया