रुसमा लागूऔषधको आरोपमा अमेरिकी नागरिक पक्राउ

इनेप्लिज २०८० जेठ २८ गते १०:४४ मा प्रकाशित

रुसमा लागूऔषधको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक रक ब्यान्ड प्रवन्धक ट्राभिस लीकको भएको पुष्टी भएको छ । मस्कोको सामान्य अधिकार क्षेत्रको अदालतबाट टेलिग्राममा दिइएको वक्तब्य अनुसार लिकलाई मस्कोमा हिरासतमा लिइएको छ ।

उक्त व्यक्तिलाई शनिबार हिरासतमा लिइएको थियो जहाँ “मस्कोको खामोभनिकी जिल्ला अदालतले एक अमेरिकी नागरिकको बिरूद्ध सुरक्षात्मक कदम चालेको बताएको छ ।

अदालतको बिज्ञप्ति अनुसार “ट्राभिस माइकल लीक” भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “पूर्व प्याराट्रूपर(छत्रसेना) र संगीतकारलाई युवाहरूलाई आकर्षित गरेर लागूऔषध कारोबारमा संलग्न भएको आरोप छ।”

उनि जुन १० मा मस्कोको खामोभनिकी जिल्ला अदालतमा हाजिर भएको र अगस्त ६, २०२३ सम्म हिरासतमा रहने सिएनएनले जनाएको छ।

सि एनएनले संयुक्त राज्य अमेरिकामा उनको परिवारलाई सम्पर्क गरेको र उनको आमाले उनको छोराको हिरासतमा भएको जानकारी को बारेमा थाहा पाएको बताईन ।

प्रतिक्रिया