माहानगरको निर्णय हातिलाइ झोलामा अटाउछु भन्नू र सम्पुर्ण यातायातलाई नयाँबस पार्क बाट सन्चालन गर्छु भन्नू एकै हो

इनेप्लिज २०८० जेठ २७ गते १०:१७ मा प्रकाशित

काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कभित्र लैजानु पर्ने, यात्रु चढ्न र ओर्लन समेत बसपार्क नै पुग्नु पर्ने,विभिन्न ठाउमा रहेका टिकट बुकिङ काउण्टरहरु बसपार्क भित्रै लैजानु पर्ने एवम बसपार्क बाहेक अन्यन्त्र टिकट काट्न नपाइने लगायतका विषयहरु समेटेर काठमाडौं महानगरपालिकाले अत्यन्त अव्यवहारिक निर्णय गरेको छ ।

२०८० वैशाख २९ गते काठमाडौंका मेयर बालेन्द्र शाहको उपस्थितिमा र जेठ १४ गते महानगरका ट्राफिक विज्ञ जगतमान श्रेष्ठको उपस्थितिमा भएका निर्णयहरु असार १ गतेदेखि अनिवार्यरुपमा कार्यान्वयन गर्ने भन्दै जेठ १९ गते महानगरले सूचना प्रकाशित गरेको छ ।

उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरुको रोजीरोटी खोसिने जनाउदै निर्णय र सूचना सच्याउन सरोकारवालाहरुले महानगरलाई अनुरोध गर्नुका साथै आन्दोलनको चेतावनी समेत दियका छन ।

महानगरका मेयर बालेन्द्र साहले निर्णय सच्याउँछन् या सच्याउँदैनन् त्यो महानगरको विषय हो तर निर्णय कार्यान्यन गर्न भने त्यति सजिलो छैन । यदि आफ्नो अडानबाट महानगर तलमाथि नहुने हो भने सेलिब्रेटी मेयर बालेन्द्र शाहको लोकप्रियता ओरालो लाग्ने कार्यको शुरुवात यही निर्णयले तय गरिदिने अनुमान आम ब्यबसायी मजदुर र उपभोक्ताको छ।

निर्णय आम सर्वसाधारण, श्रमिक र व्यवसायीहरुको अहितमा छ। स्वयम महानगर र बसपार्क सञ्चालन गरिरहेको लोत्सेको पनि अहितमा छ भन्ने महानगरपालिकालाई पनि अवगत हुनुपर्ने हो यदी अवगत थिएन भने पनि सरोकारवालाहरुले भेटेर अवगत गराइसकेपछि जानकारी नहुने कुरै भएन । अझ यी समस्याका कुरा सदनमा पनि माननिय हरुबाट राख्न सुरु भैससक्दा र आम नागरिकले बिरोध गर्दा पनि महानगर आफ्नो निर्णय सच्याउन किन तयार छैन र विवादित निर्णय कार्यान्वयनमा महानगर किन अडिग छ । व्यवस्थापनको आवरणमा लोत्सेले संकलन गर्ने पार्किङ शूल्क र काउण्टर भाडाको आयसँग जोडिएको अनुमान सबैले गरेका छन् । एउटा कम्पनीको स्वार्थसँग महानगरले यति गम्भिर निर्णय कसरी गरयो ? तर, निर्णय कार्यान्वयनमा लोत्सेलाई पनि सहज भने छैन । बसपार्कको क्षमता वृद्धि र थप संरचनागत परिवर्तन बिना यही अवस्थामा यो बसपार्क व्यवस्थित हुनै सक्दैन ।सार्वजनिक सवारीसाधनबाट दैनिक काठमाडौं छाड्ने यात्रुहरुको संख्या करिव ६०/६५ हजार हुन आउँछ र भित्रिनेको संख्या पनि सोही अनुपातमा हुने अनुमान गर्न सकिन्छ । निर्णय अनुसार ति यात्रुहरु उपत्यकाका जुनसुकै स्थानको भएपनि टिकट काट्न बसपार्क पुग्नु पर्नेहुन्छ । सवारीसाधन चढ्न बसपार्क तथा ओर्लिन बसपार्क नै पुग्नु पर्नेहुन्छ । यत्रो संख्याका यात्रीलाई गंगबु बस पार्कले मात्र सहज हुन्छ भन्ने महानगरको तर्क झोलामा हाती अटाउछु भन्नु जस्तै हो मेयर साब अथबा मेयरका यातायात सल्लाकार जगतमानश्रेष्ठ तथा अरु को को हुन उहाँ हरुले नै जान्नु पर्ने हो कि एउटा कम्पनिको कमिसन को प्रलोभनमा यो निर्णय गरेको हो भने पछि पछुताउनु पर्ने निश्चित छ ।

अत: कोटेश्वरबासी नागरिक बीपी राजमार्गहुँदै पूर्व जानु पर्यो भने टिकट काट्न बसपार्क पुग्नु पर्यो, बस चढ्न बसपार्क नै पुग्नु पर्ने र फर्किदा बसपार्कमै ओर्लिएर कोटेश्वर फर्किनु पर्ने ।यो सम्सया कलंकीका यात्रुको पनि उस्तै हो । यसले हजारौँ सर्वसाधारण जनतालाई समस्यामा पार्नेछ । सार्वजनिक सवारीसाधन गरिब जनताका साधन हुन् । यो निर्णयले यात्रुलाई हैरानी हुनेछ भने समयको बर्बादी र आर्थिक भार पनि थपिने छ ।बसपार्क बाहेक अन्यन्त्र टिकट काट्न नपाइने, कोटेश्वर, कलंकी, गौशाला, चावहिल, बल्खु, जोरपाटी लगायतका स्थानका बुकिङ काउण्टर बसपार्क भित्रै लैजानु पर्ने निर्णय अव्यवहारिक छ । यो निर्णयले हवाइ जहाज चढ्न विमानस्थलमै गएर टिकट काट्नुपर्छ बाहिरको ट्राभलमा काट्न पाइदैन भन्ने सन्देश दिएको छ के यस्तो संभब छ? यसको असर सबै भन्दा धेरै सर्वसाधारण यात्रुलाई पर्छ । विभिन्न प्रालिद्धारा चक्रपथ आसपासमा रहेका चार सय टिकट काउण्टर र त्यहाँ काम गर्ने करिव तिन हजार ५ सय श्रमिकहरुको रोजीरोटी खोसिन्छ ।साथसाथै यी श्रमिकसङ जोडियका हजारौको पनि आश्रय खोसियर बिच्चली हुने पक्का छ।अत: काउण्टरलाई हटाउने होइन कि यस्को सञ्चालनलाई व्यवस्थित गर्नुपर्छ ।

कानुन अनुसार दर्ता भएका यातायात कम्पनीहरुले मात्रै काउण्टर सञ्चालन गर्ने, एक कम्पनी एक काउण्टर, एक काउण्टर एक टिकट नीति बनाउँने, , श्रमिकको पहिचान खुल्ने परिचयपत्र तथा पोशाक लगाएर मात्रै काउण्टरमा काम गर्ने, काउण्टरमा आफ्ना बस पुग्ने गन्तब्य स्थानको मात्रै नाम लेख्ने, यात्रुहरुले देख्ने गरी भाडा दररेटको सूचि राख्ने, संख्या किटान गरेर काउण्टर नम्बर लेख्ने, बस छुट्ने समय यात्रु आइपुग्नु पर्ने समय बोर्डमा लेख्ने, यात्रुलाई सहजिकरण गर्ने, अशक्त, असहाय, अपाङ्गता भएका, जेष्ठ नागरिक, बालबालिका र महिलामैत्री हुने, यात्रुहरुको गुनासा तथा सुझावका लागि काउण्टरमा सुझाव पेटिका भने राख्नु पर्ने देखिन्छ ।। सुधार गर्न आम यातायात व्यावसायि तयार छन तर अब्यबहारिक निर्णयले सबैलाइ सास्ति दिनेछ यो गलत निर्णय सच्याउन अनुरोध छ।।

पुर्ब अरनिको टिकट बुकिङ कर्मचारी (चाबहि मजदुर इकाई बरिस्ठ सल्लाकार )

बेद प्रसाद घिमिरे

प्रतिक्रिया