पोखरा दुर्घटनालाई प्रमुख कारण बनाउँदै ईयूको कालो सूचिबाट हटेन नेपाल

इनेप्लिज २०८० जेठ २७ गते ३:०० मा प्रकाशित

काठमाडौं, युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)मा नेपाललाई पुनः समेटिएको छ ।

युनियनको सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा राखेको हो ।

उक्त काउन्सिलको बैठक मे र नोभेम्बर गरी वर्षमा दुईपटक बस्छ । मेमा बसेको बैठकले नेपाललाई पुनः कालो सूचिमा दोहोर्‍याएको हो ।

काउन्सिलको पछिल्लो निर्णयसँगै नेपाल अब कम्तिमा पनि ६ महिना कालोसूचिमै रहनेछ ।

यसका लागि १ माघ २०७९ मा पोखरामा भएको विमान दुर्घटनालाई प्रमुख कारण बनाइएको प्राधिकरण स्रोतले जनाएको छ । उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।

सन् २०१३ देखि लगातार ईयूको कालोसूचिमा रहेका नेपालका वायुसेवा कम्पनीहरूले नेपाल र यूरोपमा सिधा उडान गर्न पाएका छैनन् ।

प्रतिक्रिया